स्वास्थ्य शिक्षा र विद्यार्थी : आजको आवश्यकता

भरत वि.क २०७५ मंसिर २० गते बिहीवार सिन्धुली

 

ज्ञान र विज्ञानको क्षेत्रमा मानिसले प्राप्त गरेको सफलताको प्रकृतिलाईनै चुनौति दिएको छ । औद्योगीक क्रान्ती र आर्थिक विकासले मानिसको जिवन स्तरलाई ह्वातै अगाडी बढायो, सभ्यताले फड्को मार्‍यो । विकास र प्रगति पथमा अगी बढेका राष्ट्रहरुका सफलता उनिहरुले अपनाएका प्राविधिक शिक्षा नै हो । प्रविधि आफैमा विज्ञानको एक रुपता विकास र प्रगतिको घोतक हो । नेपाल को शिक्षालाई प्रविधि सग जोड्नु आजको आवश्यकता हो ।

 

माध्यमिक शिक्षालाई प्राविधिक र व्यवसायीक बनाउनु पर्दछ । स्थानिय आवश्यकता र महत्वपुर्ण ध्यानमा राखि प्राविधिक बिषयको छनोट गरी सामुदायीक तथा सरकारी विद्यालयहरमा सो सम्बन्धि आवश्यक दक्ष जनशक्ति र साधन स्रोतको ब्यबस्थापन सरकारले गर्नुपर्ने हो ।

 

प्रविधिलाई स्तरिय जिवनको अभिन्न अङगका रुपमा विकसित गराउन, शिक्षा शिपमुलक व्यावसायीक प्राविधिक र वैज्ञानिक हुनुपर्ने । प्राविधिक शिक्षालाई गुणस्तरीय बनाउन विज्ञहरुको निकाय अनुगमन को व्यबस्था गर्ने र विश्वविद्यालय बाट सम्बन्ध प्राप्त गर्न अनुगमन निकायको स्वकृत अनिवार्य गनुर्पछ । उच्च शिक्षाका निम्ति विदेशिने नेपाली र विदेशी विद्यार्थी हरुलाई आकर्षीत गर्नका निम्ति नेपाललाई शैक्षिक गन्त्वयको रुपमा विकास लागु गर्नुपर्दछ ।

 

२१ अँौ शताब्दी को शिक्षा विश्व बजारमा प्रतिस्पर्दा गर्न सक्ने र गुणस्तरिय शिक्षा कार्यन्वयन गनुपर्छ । प्रविधि र सुचनायुतm अनुसन्धानात्मक उच्चशिक्षा लागु गरि प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एउटा प्राविधिक शिक्षालय हुनुपर्छ । नेपालमा उचित शिक्षा दिक्षाको अभावमा एक शताब्दी भन्दा बढि राणाशासनले निरंकुस राज्य संञ्चालन गर्‍यो । नेपालीहरु जान्ने बुझ्ने र शिक्षित हुनाले यता राणा शासन विरुद्ध आन्दोलीत हुन थाले, शिक्षा क्षेत्रमा उद्धार भएकै कारण देव शंम्शेरले शासन सता बाट हात धुनु पर्‍यो ।

 

शिक्षा र ज्ञान आर्जनले मानिसको चेतना को स्तरलाई धेरै उन्नत बनायो । मानिसलाई असम्भब जस्तो लाग्ने कार्यपनि बुद्धि, विचार,योजना र नयाँ दृष्टिकोणका कारण सम्भब हुनथाल्यो । शिक्षा मानिसको सवाङगीण विकासको आधार हो भने वास्विकता प्रमाणीत हुदै आयो । शिक्षा क्षेत्रमा अब्बल मानिसले अन्य क्षेत्रमा समेत प्रमुख कायम गर्न सक्ने भयो जुन राज्यले शिक्षालाई महत्व दिनुपर्छ । शिक्षा जाने बुझेका हरेक मानिस हरुको प्राथमिकतामा पर्न थाल्यो सभ्यताकै विकासका चरणहरुमा विधार्थि वर्गको भुमिका अग्रणी रहदै आएको छ ।

 

संविधानले नै सार्वजनिक निजि र सरकारी क्षेत्रका सहभागीता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्धरा तिव्र आर्थिक बृद्धि हासिल गदै दिगो आर्थिक विकास गर्न र विगतका आन्दोलन बाट प्राप्त उपलब्धिको न्यायोचित वितरण गरि आर्थिक असमानताको अन्त्य गर्ने उदेश्य लिएको छ । साथै शोषण रहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर स्वतन्त्र तथा उन्नशिल बनाउदै समाजबाद स्वतन्त्र र समवृद्धिको अर्थतन्त्रको विकास गर्न राज्यको आर्थिक लक्ष्य हुने नयाँ संविधानमा उल्लेख छ ।

 

प्राचिन काल देखि आजसम्म आईपुग्दा हाम्रो समाजमा परिर्वतन नभएको पनि होईन तर आजको समय अनुसार परिर्वतन हुन सकेको छैन । स्वास्थ्य शिक्षाको विषयमा नयाँ ढंङ्गबाट परिर्वतन गर्नु पर्दछ । हाम्रो देशमा हेर्ने हा भने स्वास्थ्यको बिषयमा नेपालको भौगोलीक क्षेत्रको आधारमा कस्तो छ , हाम्रो नेपालको राजधानी काठमाडाँै को समथर भाग भएका कारण त्यो सहरमा बसोबास गर्ने मानिसको जिवन यापन संग मुल्याङकन गरिन्छ । अनि त्यो पश्चिमका बिरामीले ज्वारो आउदा एउटा सिटामोल समेत पाउदैन्न र एउटा महिला आफ्नो सन्तान जन्माउन लाई आकासको हेलिकप्टर हेर्दा हेदै उसको र बच्चाको मृत्यु हुन्छ । त्यो अवस्थाले गर्दा जिवन स्थर उकास्न निकै गाह्रो छ । साच्चै भन्ने हो भने यो समस्य कसरी समाधान होला र स्वास्थ्यको संरक्षण कस्ले गर्ला रु हामी साच्चै स्मरण गरौन त्यो जन्मीन लाग्दै गरेको बच्चाको मृत्यु अबस्था यता १० बर्षको बालकले होटलको टेबल पुस्दै गरेको अबस्थामा छन, त्यो १० बर्षे बालकलाई बिहानको १० बजे झोलामा किताब र घाटीमा टाई लगाएर पढ्न जानि रहर पकै छ होला ? अब देशलाई परिर्वतन गनु छ भने स्वास्थ्य शिक्षा र विद्यार्थी लाई प्रोत्साहन गरी भोलिका लागी उर्जासिल युवा बनाउनु पर्दछ ।

 

 

आधारभुत ज्ञानमा आधारति शिक्षाले समयको आवश्यकता र युगको मागलाई सम्बोधन गर्न सक्दैन । अहिलेको समय भनेको छिट्टै परिणाम खोज्ने समय हो । तसर्थ सपिमूलक र प्राविधिक शिक्षा आजको आवश्कता हो । प्रविधिलाई दैनिकी सँग एकाकार गर्नुपर्दछ । सिपमुलक शिक्षा हुने हो भने नेपाली युवा हरुले स्वादेशमा मात्र होईन विदेशमा पनि प्रतिस्पर्धा गर्न सक्छन ।

 

आशा छ, अबको युवा शक्तिले आफ्नो साह्रा उमेर राष्ट्र निर्माणमा लगाउने अवसर पाओस । अब कृत्रिम बाधा अवरोध रहने छोईन आफु सँग भएको सिप क्षमता दक्षताको आधारमा विकास तथा प्रगतिपथमा लम्कने अवसर पाउन । आफुलाई योग्य बनाएर अगाडी बढ्रने हो भने छोटो समयमा नै नेपाल संसारको गनतव्यभुमी बन्न सक्छ ।त्यसैले साह्रा युवाहरु निराश र कुण्ठा त्यागेर उच्च मनोवलका साँथ देशविकासमा अगि बढ्रनुपर्थो हामीले चाहेको जस्तो सपनाको संसार हाम्रै प्रयासमा मात्रै निर्माण हुनसक्छ ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top