दुधौलीमा मोतिविन्दुको शल्यक्रिया

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर २० गते बिहीवार सिन्धुली

 

दुधौली नगरपालिकाको वडा नं. ९ मा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ९८ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ ।

 

तीन दिन सम्म सञ्चालन भएको शिविरमा १ हजार ३ सय ६० जनाको स्वास्थ्य जाँच समेत गरिएको नेपाल रेडक्रस सोसाईटी शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए । आँखा जाँच गरिएका र शल्यक्रिया गरिएका विरामीलाई निशुल्क औषधि समेत वितरण गरिएको छ ।

 

दुधौली नगरपालिका र नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको संयोजन तथा फ्रेड हलोज फाउन्डेसन र जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको श्रेष्ठले जानकारी दिए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top