प्रदेश ३ को राजधानी सर्ने निश्चित !

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर २० गते बिहीवार काठमाडौं

 

प्रदेशसभामा सहमति नहुने भएपछि प्रदेश ३ को स्थायी राजधानी टुङ्गो लगाउन मतदान हुने भएको छ । मतदान प्रक्रियाबाट टुंगो लगाउन राजनीतिक दलबीच सहमति भएको छ। मतदान भए राजधानी सर्ने पक्का देखिन्छ । प्रदेश ३ मा दुईतिहार बहुमत सार्ने पक्षमा छन् । सभामुख सानुकुमार श्रेष्ठले सोमबार प्रदेशसभा सचिवालयमा आयोजना गरेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदानमा लैजाने सहमति भएको एक नेताले बताए ।

 

 

स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले हेटौंडासहित, चितवन, काभ्रे, भक्तपुर र नुवाकोटलाई स्थायी राजधानीका लागि उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन प्रदेशसभामा पेश गरेको थियो।

 

सहमति नभएपछि नियमअनुसार पाँचवटै ठाउँका लागि निर्वाचन हुनेछ । सभामा एक सय नौ सदस्य छन्। तीमध्ये ८० जना सत्तारुढ दल नेकपाका छन्। प्रदेशको नाम र राजधानी तोक्नलाई चाहिने दुईतिहाइ बहुमत प्रदेश नम्बर दुईमा बाहेक सबै प्रादेशिक सरकारसँग भएता पनि प्रभावशाली नेताहरूले आफ्नो निर्वाचन क्षेत्रतिर राजधानी पार्ने प्रयास गर्नाले निर्णयमा पुग्न समस्या परिराखेको हुनसक्ने आकलन भइरहेको छ। मतदान भए प्रदेशको राजधानी काभ्रे तोकिन सक्ने एक सांसदले बताए । ‘मतदान भयो भने राजधानी सर्ने त निश्चित नै छ’ ती सांसदले भने ‘सांसदको राय र सहभागिता हेर्दा काभ्रेमा तोकिने सम्भावना ८० प्रतिशत रहेको छ ।’

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top