ब्लु अल्पाईनले उचाल्यो उपाधि, १ लाख पुरस्कारको हकदार

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर १८ गते मंगलवार काठमाडौं

volleyball-sindhuli
 

सिन्धुली– सिन्धुली कपको फाइनल खेलमा आज बर्द बहादुर गणलाई हराएर ब्लुअलपाईन क्लवले प्रतियोगिताको उपाधि उचालेको छ । फाइनल खेलको तीनवटै सेटमा ब्लू अल्पाईन क्लबले अग्रता लिएको थियो ।
सिन्धुलीमाढीमा शनिबारबाटे ‘पसिना र पौरख आफ्नै सिन्धुलीमा, सिन्धुलीको पहिचान हाम्रै हातमा’ भन्ने नाराका साथ सिन्धुली युवा व्यवसायी क्लवको आयोजनामा भलिबल प्रतियोगता सुरु भएको हो ।
जिल्लाका ब्लुअल्पाईन क्लव, सिद्धस्थली क्लव रातमाटा, भिमान युवा क्लव, दोभान क्लव ‘ए’‘बि’, फिक्कल क्लव, विहानी मरिण क्लव, स्वीस सिन्धुली सेकेन्डरी बोर्डिङ स्कुल र बर्द बहादुर गण गरी नौँ टिमले प्रतियोगितमा भाग लिएको थियो ।
योसँगै ब्लु अल्पाइन क्लब एक लाख पुरस्कारको हकदार बनेको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top