सिन्धुली कप फाइनल खेल आज बर्द बहादुर गण र ब्लुअलपाईन क्लव बिच हुने

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर १८ गते मंगलवार सिन्धुली

 

सिन्धुलीमाढीमा शनिरबाट सुरु भएको सिन्धुली कप खुल्ला भलिबल प्रतियोगीताको फाइनल खेल आज (मंगलवार) दिउसो बर्द बहादुर गण र ब्लुअलपाईन क्लव बिच हुने भएको छ । “पसिना र पौरख आफ्नै सिन्धुलीमा, सिन्धुलीको पहिचान हाम्रै हातमा” भन्ने नाराका साथ सिन्धुली युवा व्यवसायी क्लवको आयोजनामा भलिबल प्रतियोगता सुरु भएको हो ।

 

 

जिल्लाका ब्लुअल्पाईन क्लव, सिद्धस्थली क्लव रातमाटा, भिमान युवा क्लव, दोभान क्लव ‘ए’‘बि’, फिक्कल क्लव, विहानी मरिण क्लव, स्वीस सिन्धुली सेकेन्डरी बोर्डिङ स्कुल र बर्द बहादुर गण गरी नौँ टिमले भाग लिएको प्रतिस्पर्धामा आज (मंगलबार) बिहान भएको सेमिफाइनलको पहिलो खेलमा ब्लुअलपाईन क्लवले सिद्धस्थली क्लव रातमाटालाई २५–१९,२५–१६ र २५ –१४ को सोझो सेटमा हराई फाइनलमा प्रबेश गरेको छ । खेलमा विजयी समुहकै योकेन्द्र गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

 

त्यस्तै मंगलवार बिहानै भएको दोश्रो खेलमा बर्द बहादुर गणले फिक्कल गाउँपालिका लाई २५ – १७ , २५ – १९ र २५ – २३ सोझो सेटमा हराई फाइनलमा प्रबेश गरेको छ । खेलको म्यान अफ दि म्याच बिजयी टोलीको ईश्वर कार्की घोषित भए ।

 

 

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र र द्धितिय हुने टिमलाई ४० हजार रुपैया नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ । अनुशासित टिम र उत्कृष्ट खेलाडिलाई कप, मेडल र प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top