सिन्धुली कप भलिबलको फाइनल खेल भोलि

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर १७ गते सोमवार सिन्धुली

 

सिन्धुलीमाढीमा शनिरबाट सुरु भएको सिन्धुली कप खुल्ला भलिबल प्रतियोगीताको सेमिफाइनल र फाइनल खेल भोलि मंगलवार हुने भएको छ । “पसिना र पौरख आफ्नै सिन्धुलीमा, सिन्धुलीको पहिचान हाम्रै हातमा” भन्ने नाराका साथ सिन्धुली युवा व्यवसायी क्लवको आयोजनामा भलिबल प्रतियोगता सुरु भएको हो ।

 

 

जिल्लाका ब्लुअल्पाईन क्लव, सिद्धस्थली क्लव रातमाटा, भिमान युवा क्लव, दोभान क्लव ‘ए’‘बि’, फिक्कल क्लव, विहानी मरिण क्लव, स्वीस सिन्धुली सेकेन्डरी बोर्डिङ स्कुल र बर्द बहादुर गण गरी नौँ टिमले भाग लिएको प्रतिस्पर्धामा भोलि मंगलबार बिहान सेमिफाइनलको पहिलो खेल सिद्धस्थली क्लव रातमाटा र ब्लुअलपाईन क्लव माडी बजार बिच हुने छ भने दोश्रो खेल फिक्कल गाउँपालिका र बर्द बहादुर गण बिच हुने आयोजकले जनाएको छ ।

 

यसै गरि भोलि दिउसो १ः०० बजे सेमिफाइनलका बिजेता बिच फाइनल खेल हुने सिन्धुली युवा व्यवसायी क्लवका अध्यक्ष संन्जीव सुन्दासले बताए । फाइनल खेलका बिजेता र उप बिजेतालाई नगद ताथ शिल्ड प्रमाण पत्र फाइनल खेल पश्चात बितरण हुने उनले जानकारी दिए ।

 

 

यसै बिच आज भएको पहिलो खेलमा बर्दबहादुर गण र बिहानी युवा क्लब आमने सामने भएको खेलमा २५ – ११ र २५ – ५ को सोझो सेटमा वर्दबहादुर गणले जीत हात पारेको छ । जसमा विजयी समुहकै चुडामणि रखाल म्यान अफ दि म्याच घोषित भए ।

 

त्यस्तै आजनै भएको दोश्रो खेलमा फिक्कल गाउँपालिका र स्वीस सिन्धुली बीच प्रतिस्पर्धा भएको थियो । निकैनै प्रस्पिधात्मक भएको खेलमा खेलमा पहिलो सेटमा फिक्कल गाउँपालिका ले २५ – २२ जितेको थियो, दोस्रो सेटमा र स्वीस सिन्धुलीले २५ – २१ जित्यो भने तेस्रो सेटमा फिक्कल गाउँपालिकाले २५ – २३ जितेर विजयी भयो । जसको म्यान अफ दि म्याच फिक्कल गाउँपालिकाका सनिप श्रेष्ठ लाई घोषित भए ।

 

 

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र र द्धितिय हुने टिमलाई ४० हजार रुपैया नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ । अनुशासित टिम र उत्कृष्ट खेलाडिलाई कप, मेडल र प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top