भावी प्रधानन्यायाधीशको नाममा अझै जुटेन सहमति

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर १७ गते सोमवार काठमाडौं

 

भावी प्रधानन्यायाधीश सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष सकिएको छ । सोमबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा न्याय परिषदले सिफारिस गरेको दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको नाममा सहमति जुट्न नसकेको हो ।

 

प्रधानन्यायाधीशका लागि वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाममा सहमति जुट्न नसकेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बताए । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १८ गतेदेखि सकिँदैछ।

 

 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहकोले समय अभाव देखाउँदै सभापति शेरबहादुर देउवा सुरुमै निस्किएका थिए । आजको बैठकले प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुका साथै वित्त आयोग लागयतका अन्य संवैधानिक आयोगको रिक्त पदमा नाम सिफारिस गर्ने कार्यक्रम रहेको थियो ।

 

यद्यपी कुन अयोगमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन । संवैधानिक परिषदको अर्को बैठक २२ गते बस्ने गरी सकिएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top