युपोर्नले आफ्ना स्टाफलाई भन्यो, ‘स्टारबक्स प्रयोग नगर्नु’ (युपोर्नको चिठि सहित)

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर १६ गते आइतवार काठमाडौं

youporn-starbucks
 

कफि लवर्सको लागि विभिन्न फ्लेवर दिदैँ आएको अन्तर्राष्ट्रिय कफि र कफि हाउसले आफ्नो क्षेत्रको फ्रि वाइफाईमा पोर्न साइट(अश्लील भिडियो) बन्द गर्ने समाचार आएसँगै चर्चित अमेरिकन पोर्न साइट युपोर्नले आफ्ना कर्मचारीलाई स्टारबक्स प्रयोग नगर्न निर्देशन दिएको छ । संसारका दुई चर्चित ब्राण्डहरु रोचक विषयले प्रतिबन्धको द्धन्दमा उत्रेका छन् । स्टारबक्स कफिहाउसले आफ्नो फ्रि वाइफाइ क्षेत्रमा पोर्न साइट्स प्रतिबन्ध लगाएपछि युपोर्नले पनि स्टारबक्सको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

 

Youporn Memo

 

कफि श्रृंखला कम्पनिले अरु एडल्ट साइट्सहरुको पहुँचमा भने खासै प्रतिबन्ध नलगाएपनि युपोर्न जस्ता साइट्सलाई भने बन्द गरेको छ । जसको प्रतिउत्तरमा युपोर्नले पनि आफ्नो अफिसमा स्टारबक्सको प्रयोग बन्द गरेको छ । युपोर्नका कम्पनीका उपाध्यक्ष चार्लि हक्सले कर्मचारीहरुलाई लेखेको पत्रमा नयाँ वर्ष २०१९ देखि युपोर्नको अफिसमा स्टारबक्सका कफि प्रतिबन्ध हुनेछ ।

 

‘समाचारमा उल्लेख भएअनुसार स्टारबक्सले आफ्ना ग्राहकहरुलाई वयस्क सामाग्री हेर्न र खोज्न आफ्नो क्षेत्रमा प्रतिबन्ध लगाएको छ । स्टारबक्सका कफिहरु अब युपोर्न अफिसमा १ जनवरी, २०१९ देखि प्रतिबन्ध हुनेछ’ पत्रमा लेखिएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top