जाडोमा सावधानी अपनाऔँ

सम्पादकीय २०७५ मंसिर १५ गते शनिवार सिन्धुली

 

मंसिर महिना ढल्किदै जाँदा चिसो बढेर गएको छ । पछिल्ला केही दिनमा बिहान र रातको समयमा चिसो बढ्ने गरेको छ । चिसोले पार्ने प्रभाव सामान्यदेखि गम्भीर खालका सम्म हुन्छ । त्यसको असरबाट प्रभावित हुनुभन्दा अघि नै बढ्दो चिसोबाट बच्ने उपाय अपनाउन जरुरी छ । चिसो मौसममा विशेषगरी तराईमा शीतलहर तथा बाक्लो हुस्सु लाग्ने गरेको छ । जसले गर्दा निकै नजिकका सवारीसाधन पनि देख्न गाह्रो हुन्छ । एउटा समस्या सवारीसाधनलाई गुड्न गाह्रो हुनु हो भने अर्कोितर चिसोले कठ्यांग्रिएर, शीतलहरले गर्दा विभिन्न जिल्लाहरुमा एक, दुई गर्दै दर्जनौँको मृत्यु हुने गरेको छ हरेक साल । चिसो प्राकृतिक कालचक्रको स्वाभाविक देन हो । जाडो याममा तराई क्षेत्रमा हुस्सु लाग्नु, शीतलहर चल्नु अस्वाभाविक होइन । तर, शीतलहर र अत्यधिक जाडोका कारण कठ्यांग्रिएर मानिसहरूको मृत्यु हुनु दुःखलाग्दो विषय हो । तसर्थ, सबैले जाडोमा सावधानी अपनाउन जरुरी छ ।

विगतका वर्षहरुमा चिसोले थुप्रैको ज्यान लगेको थियो । विशेषरि, विपन्न परिवारहरु जाडोबाट झनै प्रभावित हुने गरेका छन् । राज्यले पनि विपन्न परिवारकालागि खासै केहि गर्न नसकेको विगतले देखाएको छ । तसर्थ, जाडो बढिरहेको अवस्थामा सरकारले जाडोका योजनाहरु ल्याएर नागरिकको ज्यान जोगाउन जरुरी छ । अतः गरिबिका कारण कुनै नागरिकको ज्यान नजाओस्, राज्यले पुर्व तयारी अपनाउन आवश्यक छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top