नेपाल कम्युनिष्ट आन्दोलनमा गद्धारीका शृखंला

लिला पौडेल २०७५ मंसिर १४ गते शुक्रवार सिन्धुली

 

विश्व कम्युनिष्ट आन्दोलनमा वर्गजातका थुप्रै शृखंला देखा पर्दछन् । माक्र्सवादका आधारभूत सिद्धान्त शसस्त्र सघर्ष सर्वहारा अधिनायकवाद र राज्यको विलय जस्ता सिद्धान्तलाई छाडेर वर्ग वैरीसँग सम्झौता गरेर क्रान्तिमा गद्धारी गर्नेहरु मध्ये कार्ल काउत्स्की पनि पर्दछन् । अक्टोवर क्रान्तिका महान नेता लेलिन र कार्ल काउत्स्की का बिचठुलो सैद्वान्तिक बिबाद भएको थियो । काउत्स्की खास गरि सर्वहारा अधिनायकबादको कट्टर विरोधी थिए । शान्तिपूर्ण र संसदिय मार्गबाट समाजबादमा पुग्न सकिने उनको मान्यता थियो । अझ कार्ल काउत्स्कीले त पुजीववादको अन्त्य स्वस्फूर्त रुपमा हुन्छ भन्ने मान्यता राख्दथे । लेनिन र कार्ल काउत्सकी बिच यो बिषयमा पनि टकराव थियो कि काउत्सकीले जर्मन सामाजिक जनवादी पार्टीको विभाजन गर्न अगुवाई गरेको तथा सर्वहारा वगर्नको हितलाई सर्वाेच्च प्राथमिकतामा राख्न अस्विकार गरेको लगायतका कार्ल काउत्स्कीका माक्र्सवाद विरोधी मान्यता अघि सारेर सर्वहारावर्गको वर्गघात गरेको हुनाले लेनिनले उनलाई गद्धार भनेका थिए । भने कार्ल काउत्स्की मात्र होइन संसोधनवादका जन्मदाता भनेर चिनिने एडवर्ड वर्नस्टीन पनि सर्वहारा वर्गको वर्गघात गर्ने गद्धारीका पात्र मानिन्छन । सन १८९५ सम्म वर्नस्टीन एङगेल्सका नजिकका मित्र थिए तथा क्रान्तिकारी माक्र्सवादका अगुवा नै मानिन्थे एङगेल्सको मृत्यु पश्चात मात्र उनले संसोधनवादको अभियान सुरुगरे द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवादलाई अस्वीकार गर्दै वर्नस्टीनले इमानुएल कान्टका धारणाहरुलाई सहि ठहर्‍याउने प्रयत्न गरेका थिए ।

 

माक्र्सको ठिक विपरित उभिदै उनले घोषण गरे मान्छेको चेतनाले नै उसको अस्तित्व निर्धारण गर्दछ । पुजीवादमा क्रमिक सुधार गर्दै समाजवादमा पुग्न सकिन्छ भन्दै वकालत गर्ने थुप्रै संसोधनवादीहरुको नाम लिन सकन्छि तर उनीहरुका रचनाहरुमा वर्नस्टीनले व्यक्त गरेभन्दा नँया कुरा केहि पनि भेटिदैन । त्यसैले वर्नस्टीन वास्तवमा वुर्जुवा समाजवादका प्रणेता हुन सुधारवादी वाटोबाट समाजवादमा पुग्न सकिन्छ भन्नेहरुका लागि वर्नस्टीन कार्लमार्क्स जस्तै सम्मानित मानिन्छन् । यी लगायत विश्व कम्युनिष्ट आन्दोलनमा आफ्नो वर्गप्रति घात गर्ने गद्धारहरु थुप्रै छन तर यो सन्दर्व नेपालको हो । विश्वका क्रान्तिकारी कम्युनिष्टहरुले लेनिनलाई आर्दश नेता मान्ने कुरा स्वभाविकै छ तर आफूलाई कम्युनिष्ट भन्दै संसोधनवादी वाटो अपनाएकाहरुले पनि आफ्नो पार्टीमा लेनिनको नाम जोडछन् तर लेनिनले जसरी कार्ल काउत्सकीलाई गद्धार घोषण गरे त्यहि आधारमा नेपालको कम्युनिष्ट आन्दोलनको विश्लेषण गर्ने हो भने नेपालको कम्युनिष्ट आन्दोलनमा कुन कुन समयमा ककस्ले गद्धारी गरे भन्ने कुरा जनतामा पुर्‍याउन आवश्यक छ । लेनिनले कार्लकाउत्सकीलाई गद्धार भन्नको मूल कारण माथि नै भनियोकी काउत्सकीले सर्वहारा अधिनायकवादको विरोध गरेर वर्ग समन्वयवादको पक्ष घोषण गरे भन्ने नै हो । त्यहि आधारमा नेपालको कमयूष्टि आन्दोलनको विश्लेषण गरौ भन्ने हो । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको पनि आज ६९ वर्ष पूरा भई सकेको छ । यस वीचमा नेपाली कम्युनिष्ट आन्दोलनमा थुप्रै उतार चडाव देखि भोगी सकेको अवस्था छ । २००६ साल देखि आज सम्मको विश्लेषण गर्ने हो भने थुप्रै सकारात्मक त्यहि हाराहारीको नकारात्मक पवृति देखा पर्दछ । विश्लेषण गर्ने सन्दर्भमा फरक फरक विचार र दृष्टिकोण छन् । त्यो भनेको के हो भने माक्र्सवादका मूल मान्यता को विषयमै विश्लेषणहरु विभाजिन छन् । जसको कारण नेपालमा कम्युनिष्ट पार्टीलाई समर्थन गर्ने जनता विभाजित छन् । कम्युनिष्ट पार्टी भनेको श्रमजिवी तथा गरिव सर्वहाराको पार्टी हो भन्ने आधारभूत जनताको वुझाई छ । जनताको त्यो वुझाई सत्य पनि हो र कम्युनिष्ट जनमतको देश हो नेपाल र नेपाली जनता सगरमाथामा हसिया हथौडाको झन्डा फहराएको देख्न चाहान्छन अर्थात नेपालमा कम्युनिष्ट राज्य सत्ता भएको हेर्न हतारोमा छन् नेपाली जनता तर अत्याधिक कम्युनिष्ट जनमत भएको देशमा कम्युनिष्ट व्यवस्था स्थापना हुन नसक्नु तर अल्पमतमा रहेका वुर्जवा वर्गको वारम्वार राज्य सत्ता चलाइ रहनु अनि गरिव निमुखा जनता शोषणमा परिरहनु आज सम्मको तितो यर्थात हो यो ।

 

सामान्य जनता त भ्रममा नै छन कि उनीहरु कम्युनिष्ट नामको पार्टीलाई भोट हाल्छन कम्युनिष्ट नामको पार्टीले सरकार पनि बनाउँछ जनता आशा पनि गर्छन तर विडम्वना जनतका पिडाका दिन उस्तै छन जनता को स्तरमा यहि बुझाई छ कि कम्युनिष्ट भन्ने वित्तीकै जनतको सोझो मनले विश्वास गरि हाल्छनकि चुनावमा वहुमत ल्याएर सरकार वनाए पछि कम्युनिष्ट व्यवस्था आइहाल्छ । यहि भ्रमको कारण कम्युनिष्ट नाम राखेर पुँजीवादहरुको नेपालमा मात्र होइन विश्वकै श्रमिक जनताको शोषण गरिरहेका छन् ।

 

नेपालको कम्युनिष्ट आन्दोलन मा कम्युनिष्ट नाममा संसोधनवादीहरुको कारण नेपालमा नयाँ जनवादीक्रान्ति पुरा नभएको हो भन्ने विषयमा भ्रममा परेका जनतालाई स्पष्ट पार्नु क्रान्तिकारी पार्टीहरुको काम हुन आउँछ । त्यसको लागि नेपाली कम्युनिष्ट आन्दोलनलाई तीन चरणमा विश्लेषण गर्नु पर्ने हुन्छ त्यो भनेको २००७ साल देखि २०१९ साल सम्म १९ साल देखि २०५२ साल सम्म र २०५२ देखि आज सम्म नेपाल कम्युनिष्ट पार्टी मा माक्र्सवाद र संसोधनवाद कसरी टकरायो माक्र्सवादको नेतृत्व कसले गर्‍यो र संसोधनवादको नेतृत्व कसकसले गरे नेपालमा कम्युनिष्ट व्यवस्था स्थापना हुन नदिने कम्युनिष्ट नामको नेतृत्व र क्रान्तिमा गरेका गद्धारीकावारे जनतालाई बुझाउनु पर्ने तडकारो आवश्यकता देखिन्छ । यो संक्षिप्त लेखमा नेपालको कम्युनिष्ट आन्दोलनको विस्तृत व्याख्या त सम्भावना छैन तर संक्षिप्तमा प्रकाश पारिने छ ।

 

कम्युनिष्ट आन्दोलनको इतिहास मात्र होइन सम्पूर्ण राजनितीक इतिहास पढ्दा हामी के पाउँछौ पनि त्यसमा पनि कुन वर्गको मान्छे ले लेखेको हो त्यसैको आधारमा वुझ्नु पर्ने हुन्छ । कुनै पनि वर्गसत्ता ले आफ्नो वर्गलाई केन्द्रमा राखेर लेख्ने गर्दछ । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासको विश्लेषण गर्दा माथि भनिए जस्तै दुई दृष्टिकोण छन् माक्र्सवादी दृष्टिकोण र संसोधनवादी दृष्टिकोण । किनकी नेपाल कम्युनिष्ट पार्टी को स्थापना हुँदा पार्टीले आफ्नो लक्ष्य र उद्देश्य प्रस्टरुपमा कम्युनिष्ट पार्टीको घोषणा पत्र मै भन्यो कि अर्ध सामन्ती र अर्थ औपनिवेसिक नेपाललाई नयाँ जनवादी क्रान्ति मार्फत मुक्त गर्दै समाजवाद साम्यवाद सम्म पुग्नेछ स्थापना कालको घोषण मुताविक आन्दोलन पुरा हुन नसक्ने कारण खोज्दा सर्वप्रथम २००८ वाटै नेपाल कम्युनिष्ट पार्टी मा संसोधनवादको चलाखेल देखिन्छ किनिकी नयाँ जनवादी क्रान्ति गर्ने विचारका पक्षधर पुष्पलाल श्रेष्ठलाई विनाकारण महासचिववाट हटाएर मनमोहन अधिकारीलाई महासचिव बनाउन तीनै मनोमोहन महासचिव भएको वेला २०१३ सालमा राजामा विन्तीपत्र चडाएर संबैधानिक राजतन्त्र मान्ने शान्तिपूर्ण माध्यामबाट मात्र कम्युनिष्ट पार्टी चल्ने भनेर सामान्तवादसँग सम्झौता गर्ने महासचिव मनमोहन अधिकारी असली कम्युनिष्ट हुन भने त्यो वर्गको मान्छेले प्रचार गरिरह्यो र अहिले सझ प्रचार गरिनै रहेको छ । शसस्त्र क्रान्तिको तयारी गरेर नयाँ जनवादी क्रान्तिलाई घात गर्ने र सर्वहारा वर्गप्रति गद्धारी गर्नेहरुलाई गद्धार किन नभन्ने राजतन्त्र पनि मान्ने कम्युनिष्ट पनि भइरहेने यो अप्राकृतिक कुरा वारे जनता लाई वुझाउन नसक्नु त्यस्तै मान्छेहरुलाई सामा्रज्यवाद र समान्तवादका नाइकेहरुले कम्युनिष्ट भनेर प्रचार गर्नु र क्रान्तिकारी कम्युनिष्टहरुको प्रचार सयन्त्र कम हुनुको कारण जनता भ्रममा परे अर्काेतिर नेपालको कम्युनिष्ट आन्दोलन गद्धार डा. केशरजंग रायमाझी त गद्धारवाट चिर परिचित नै छन् २०३९ सालसम्म रायमाझीले आफूलाई कम्युनिष्ट भनेरै वसे अन्त्यमा राजसभा स्थाई समितिका सभापती वनेर राजभक्तको असली चरित्र देखाई नै हाले डा. केशरजंग रायमाझी वारे तथा कम्युनिष्ट आन्दोलनमा सामान्य जानकारालाई थाहा नै छ । यसवारेमा यति नै भनौ वरु नेपालको कम्युनिष्ट आन्दोलनमा गद्धारी गरेका तर जनतालाई अवगत नभएको गद्धारहरु को को हुन तीनिहरुको नामावली जनतामा पु¥याउन आवश्यक छ । २०१९ सालमै नेपाल कम्युनिष्ट पार्टीमा गद्धार गर्ने रायमाझी त प्रस्टै छ । तर २०१९ पछि र २०५२ साल सम्ममा नेपालको कम्युनिष्ट आन्दोलनवारे भन्दा के वुझन् आवश्यक छ भने २०१९ साल पछि ने.क.पा. विभिन्न समूहमा विभाजन भयो विभाजित समूह मध्य २०२८ सालमा झापा विद्रहको नेतृत्व गर्ने को अर्डिनेशन कमिटीले नेपालमा नयाँ जनवादी क्रान्तिको संखघोष गर्‍यो सर्वहारा वर्गको आसाको केन्द्र वन्यो जसको काराण विभिन्न समूहहरु एकता भएर २०३५ सलामा नै ने.क.पा. (माले) वन्यो क्रान्ति चाहानेहरुको लागि तत्कालीन ने.क.पा. (माले) लाई हेर्ने विभिन्न चश्मा देखापरे तर २००६ सालमा उठान भएको नयाँ जनवादी क्रान्तिको नारा पुरागर्न आशा माले माथि थियो एकता पछि वनेको ने.क.पा. (माले) भित्र झापा सघर्षमा भाग नलिए का तर एकतामा आएपछि संसदिय पार्टीमा वदल्नको लागि पर्ने काम मदन भण्डारीहरुबाट हुनथाल्यो भने अत्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा केहि फेरवदल आयो जस्तो चिनमा माओको मृत्यु पश्चात सत्ताको वागडोर समाएका देङस्याओपिङ ले चीनमा प्रतिक्रान्ति गरे चिनमा पुँजीवादी स्थापना गरे त्यसको प्रभावबाट ने.क.पा. (माले)ले वहुलवादी पुँजीवादी वाटो समाएको देखिन्छ २०१९ देखि २०५२ सम्मको अवस्था हेर्दा माले वाहेकका अन्य समूहमा क्रान्तिकारी स्पीट देखिएन वरु विभाजित हरुले आ–आफ्नो समुह बनाए रुपलाल बिश्वकर्माहरुले शसस्त्र सघर्षको वाटो लिन खोजेता पनि त्यो जगेडी संघर्ष पश्चात धारासाइ भएको पाइन्छ भने पुस्पलालले २५ सालको गोरखपुर सम्मेलनबाट पारित कार्यदिशा लाई कार्यान्वयनमा लाने सकेनन माले वाहेक अरु समूह सुधारवादी वाटोवाट २०५२ सम्म गुर्र्जीएर वसे यो विचमा ने.क.पा. (चौम) को क्रान्तिकारी समूह र ने.क.पा. माशालको सन्दर्व पनि छ । त्यो छुट्टै प्रसंगमा उल्लेख गर्न सकिन्छ । यो विचको सन्दर्भमा के भन्न सकिन्छ भने २८ सालमा क्रान्तिको उठानगर्ने ने.क.पा. (माले) समूहले क्रान्ति प्रति गद्धारी गरको कुरा भन्न हिचकिचाउनु पर्दैन ।

 

२०५२ सालबाट आज सम्मको क्रान्ति र प्रतिक्रान्तिको शृखंला देख्ने अहिलेका युवा पुस्ता छदैछन् । जनयुदको सुरुवातले नेपाली कम्युनिष्ट आन्दोलन मात्र होइन विश्व कम्युनिष्टमा नै एउटा श्रमजिवी वर्गको आशा को केन्द्र बनायो मात्र होइन माक्र्सवाद विफल भयो भन्ने सामा्रज्यवादको निद भङ गरिदियो र नेपाल माओवादी वन्यो यो वताइ रहनु पर्ने विषय होइन की नेपाली जनयुद्धमा देशका सम्पूर्ण शोषित उत्पिडित वर्ग र क्षेत्रका जनता महा अभियानमा सामेलल भयो यो आन्दोलन ने.क.पा. को स्थापना देखि यताको सवभन्दा उच्चस्तरको वर्गक्रान्ति थियो ८०% भूभाग मा आधार इलाका थियो पेरु नेपालतीर हेरे हेरेको थियो भारतको माओवादी आन्दोलन फिलिपिन्सको शसस्त्र क्रान्तिकारीहरु नेपाल जनयुद्धमा नै ध्यान दिइरहेको अवस्था थियो वुर्जुक शिक्षा केहि होइन सर्वहारा विश्व विद्यालयको प्रमाणपत्र दिइन्छ भनेर तत्कालीन पार्टी नेतृत्वले उर्दि जारी गर्‍यो १३ हजार भन्दा वढि नेपाली आमाका सन्तानले युद्धमा वलिदान गरे तर जनयुद्धमा प्राधिकार पाएका प्रचण्ड र वावुराम ले सम्राज्यवाद र विस्तारवाद सँग जीवनको भिख चुनवाङको मिटिङवाट शान्तिपूर्ण वाटोवाद समाजवाद क्रान्तिमा गद्धारी गरे माथि नै उल्लेख गरिएको थियो कि जसरी लेनिनले सर्वहारा अधिनायकवादको विरोध गरेर संसदिय र शान्तिपूर्ण वाटोवादा समाजवादमा पुग्न सकिन्छ भने संसदिय विष विश्व कम्युनिष्ट आन्दोलनमा हरेपछि कार्ल काउत्सकी लाई लेनिनले गद्धार भने त्यहि मापदण्डबाट हेर्दा प्रचण्ड र वावुरामलाई नेपाली कम्युनिष्ट आन्दोलनका गद्धार पात्र किन नभन्ने जनतालाई सपना देखाएर क्रान्ति पुरा नगर्दै वर्गदुश्मन सँग सझौता गरेपछि उनिहरु लाई के ले सम्वोधन गर्ने डा. केशरजंग रायमाझीले राजासँग सम्वन्ध गासेर क्रान्तिमा गद्धारी गरे भने प्रचण्ड र वावुरामले दलाल पुँजीवाद सँग सम्वन्ध गाँसेर क्रान्तिमा गद्धारी गरे हजारौ शहिद र शहिद परिवारको ठाउँमा वसेर हेर्ने हो भने प्रचण्ड र वावुराम प्रति को आक्रोस कस्तो होला ?

 

यो पंक्तिकार जनयुद्धमा त्यती ठूलो उतार चढाव वेहोरको योद्धा नेता होइन मेरो ठाउँवाट प्रचण्ड र वावुरामलाई गद्धार भन्न नसुहाउँला तर नेपाली श्रमिक जनता सहिद परिवार वेपत्ता परिवार जनयुद्धका अपाङ्ग घाइते को ठाउँबाट हेर्दा जनयुद्धको नेतृत्वलाई हेर्दा उनीहरुलाई गद्धार मात्र होइन महागद्धार भन्नुपर्ने छ । यदि अहिले माक्र्स, लेनिन र माओ भएको भए प्रचण्ड वावुरामलाई के भन्ने थिए होलान यो सामान्य विषय होइन विश्व क्रान्तिका नायकहरु वरु वलिब्दीमा चडे तर आत्मसमर्पण गरेनन् चारुमजुम्दार, चेग्वेभारा, गोन्जालो जस्ता क्रान्ति नायकहरु सर्वहारावर्गको मुक्तीमा जात हुने काम गरेनन वरु वलिभेदीमा चडे आजीवन कारावास को सजाए भोगे वर्तमान सरकारका प्रधानमन्त्री के.पी.ओली र पुष्पकमल दाहाल प्रचण्ड ओली भन्दा पनि प्रचण्ड केशरजंग रायमाझी भन्दा पनि महागद्धार हुन उनीहरुको गद्धारीलाई जनतामा पुर्‍याउनु आवश्यक छ । किनकी प्रचण्डहरु अहिले आफूलाई कम्युनिष्ट भन्दै जनतामा भ्रम छरि रेहका छन् नेपालमा क्रान्ति गर्ने पार्टी पनि कम्युनिष्ट पार्टी दलाल पुँजीवादी पार्टीका एजेन्टहरु प्रचण्ड र ओली पनि कम्युनिष्ट भनेर गएपछि जनताले क्रान्ति गर्ने भन्ने पार्टीलाई कसरी विश्वास गर्ने जनताको विश्वास जित्नका लागि पनि कम्युनिष्ट नामका गद्धारहरुको भन्डाफोर गर्न आवश्यक छ । देसिविदेशी प्रतिकृयावादी गर्न का संचार माध्यमबाट ओली सरकारलाई कम्युनिष्ट सरकार भनेर प्रचार गरिरहेको त्यो प्रचार उनीहरु कै योजनामा प्रचार गरिएको हो तर त्यसको तुलनामा सर्वहारावर्गको संचार माध्यम वाट उनीहरुको भन्डाफोर कमि भएको छ । त्यसैले क्रान्तिका गद्धारहरु को भन्डाफोर गराँै ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top