कांग्रेसको शेखर सभापति, महामन्त्री गगन टुंगो

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर ११ गते मंगलवार काठमाडौं

 

नेपाली कांग्रेसमा कोइराला परिवारको ध्रुवीकरणमात्र होइन, आगामी महाधिवेशनका लागि पदाधिकारीको टुंगो लगाउने तयारी पनि भएको छ ।

 

कोइराला परिवारबाट सभापतिमा डा. शेखर कोइराला, महिला उपसभापतिमा सुजाता कोइराला, उपसभापतिहरूमा डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महतसहित महामन्त्रीमा गगन थापासहितको उम्मेदवार बनाउने छलफल चलेको छ ।

 

कोइराला कित्तामा उभिए पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रपतिको उम्मेदवार र दुई बर्षका लागि रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सकिने आधारविन्दुको खोजी भइरहेको छ ।

 

यस्तो सहमतिअनुसार सभापति शेरबहादुर देउवाइतरका नेतालाई गुटमा राखेर कांग्रेसभित्र महासमितिमा पनि बहुमत र केन्द्रीय समितिमा पनि बहुमत कायम गर्ने तयारी कोइराला परिवारको छ ।

 

देउवालाई संसदीय दलको नेताको निर्वाचनमा सहयोग गरेका संशाक कोइराला पनि यतिवेला उनै देउवाबिरूद्ध ज छन् । २६ कात्तिकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, र डा. रामशरण महतलाई सुजाता कोइरालाले मण्डिखाटारस्थित आफ्नै निवासमा दिवा भोज दिएकी थिइन् ।

 

त्यहि बेलाको छलफलको निरन्तरता दिन मंगलबार पनि सुजाता निवासमा कांग्रेसभित्रको प्रतिपक्षलाई बलियो बनाउने छलफल चलेको छ ।

 

६ मंसिरमा सुजाताले युवा नेता गगनकुमार थापालाई बोलाएर दिवा भोज दिएकी थिइन् ।

 

पाँच दशक लामो राजनीति गरेर आएका रामचन्द्र पौडेल, चार दशक लामो राजनीति गरेका डा. रामशरण महत, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतलाई छाँयामा पर्दै दुई दशकअघि मात्र कांग्रेसका क्रियाशिल सदस्यता लिएकी सुजाता कोइरालाले समन्वय, सहकार्य र एकताको लागि संयोजकको भूमिका खेलेको घटना अचम्मको छ । तर, गिरीजाप्रसाद कोइरालाको विरासतलाई उठाउनका लागि सुजाता सक्रिय भएको बताइन्छ ।

 

कोइराला परिवारसँग कहिले पनि नजिक नभएका गगन थापाचाहीँ उक्त क्याम्पमा छिर्नु अचम्म मानिएको छ । गगनको कोइराला कित्ता प्रवेशले १३ औं महाधिवेशनमा सभापति देउवालाई सघाएका सिटौला कमजोर हुनसक्ने अनुमान गरिएको छ ।

सोही सहयोगवापत गगनलाई देउवाले कांग्रेसको प्रवक्ता दिने सहमति गरेका थिए । तर, बीचमा उनले सिटौला कित्तालाई कमजोर बनाउन विश्वप्रकाश शर्मालाई उक्त पद दिएपछि गगन रुष्ट थिए । त्यसैको बदला लिनका लागि पनि सभापति देउवाइतरको बलियो बनिरहेको कोइराला क्याम्पमा गगनको प्रवेश भएको बताइन्छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top