नेकपा सिन्धुलीको जिल्ला इन्चार्जमा थापा

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर १० गते सोमवार सिन्धुली

 

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सिन्धुलीको इन्चार्जमा मनोज जंग थापालाई चयन गरेको छ । विशेष शुत्रका अनुसार जिल्ला इन्चार्ज चयन भएपनि अध्यक्ष लगायत पदाधिकारीहरु चयन हुन बाँकी छन् ।

 

जिल्लामा मुलतः दुई धार देखिदै आएको छ । पार्टी एकताको भावलाई समेट्दै सबै प्रवृद्धिहरुको केन्द्रिकरण गरेर मात्रै पार्टी निर्माण गर्न सकिन्छ भन्ने एउटा धार रहेको छ भने अर्को धारले अनुशासित पार्टी बनाउनुपर्छ भन्ने तर विशुद्ध आफ्नो गुट र स्वार्थको समर्थन गर्दै आएको छ ।

 

अन्ततः पार्टी निर्माण गर्नु पहिले सबै प्रवृद्धिको केन्द्रिकरण गर्नुपर्छ भन्ने धारको नेतालाई नै इन्चार्जमा चयन गरिएको जिल्लाका नेकपा नेताहरुले बताएका छन् । नेकपाका केन्द्रिय सदस्य समेत रहेका थापालाई छिट्टै आधिकारीक रुपमा इन्चार्ज पद दिइने पनि शुत्रले बतायो ।

 

त्यसैगरि, नेकपालाई बलियो एवं अनुशासित बनाउन जिल्ला अध्यक्ष लगायत पदाधिकारीहरुको पनि शिघ्र चयन हुने जानकारी प्राप्त भएको छ ।

 

जिल्ला इन्चार्जमा थापालाई चयनको खबरसँगै जिल्लाका राजनितिज्ञहरुले सबै पक्षलाई समेटेर मात्रै पार्टी निर्माण अघि बढाउनुपर्छ भन्ने मान्यता बोकेका व्यक्तिलाई इन्चार्जमा चयन गरिनु स्वाग्तयोग्य कदम रहेको बताएका छन् ।

 

मनोज जंग थापा उनै हुन् जस्ले सिन्धुलीगढीको गुरुयोजना निर्माणकालागि महत्वपुर्ण भुमिका खेलेका थिए । थापाले गैरआवसीय नेपाली संघ (एनआरएन) सँग गढीको गुरुयोजनाको बारेमा छलफल गरी आवश्यक प्रक्रिया बढाउन कमलामाई नगरपालिकासँग समन्वय गरेका थिए । एनआरएनले सिन्धुलीगढीको गुरुयोजना हस्तान्तरण गरिसकेको छ भने गढीको पुनःनिर्माणले पनि शुरुवात छिट्टै पाउने देखिन्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top