नेकपाले गर्न सकेन केन्द्रीय सदस्यको कार्यविभाजन

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर ८ गते शनिवार काठमाडौं

 

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकीकरण भएको ७ महिना वितिसक्दा पनि केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउन सकेको छैन ।

 

केही दिन यता लगातार पार्टीको सचिवालय बैठक बसे पनि केन्द्रीय सदस्यहरुको कार्यविभाजनको विषय टुंगो लाग्न नसक्दा यो विषय पार्टी भित्र थप पेचिलो बन्दै गएको छ ।

 

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा कार्यविभाजनको बारेमा छलफल भए पनि थप गृहकार्य गर्नुपर्ने भन्दै पर्सि सोमबार सम्मका लागि धकेलिएको छ ।

 

प्रवक्ता नारायणकाजी श्रेष्ठले भोली आईतबार थप गृहकार्य गरि सोमबार मात्रै कार्यविभाजनको टुंगो लगाउने निर्णय बैठकमा भएको जानकारी दिए । केन्द्रीय सदस्यको कार्यविभाजनको टुंगो लगाएपछि मात्रै जनवर्गिय संगठनको एकिकरणको प्रयास शुरु गरिने उनले बताए ।

 

लामो समय सम्म केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लाग्न नसक्दा पार्टी भित्र असन्तुष्टि चुलिदै गएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top