बारम्बार निर्देशन, असन्तोषजनक उपलब्धि !

सम्पादकीय २०७५ मंसिर ७ गते शुक्रवार सिन्धुली

 

केपी शर्मा ओलीले दोश्रो पटक नेतृत्व सम्हालेको ९ महिना बितिसकेको छ । उनले आफूले नेतृत्व सम्हालेपछि बारम्बर मन्त्रालयहरुलाई छिटो छरितो काम गर्न निर्देशन दिइरहेका छन् । उनले प्रदेशसभा लगायत निजामति कर्मचारीहरुको कार्यक्रममा पनि अहिलेको सरकार सुस्ताएर नबस्ने सरकार भएकाले सरकारसँगै दौडिन आग्रह गरिरहेका छन् । नेतृत्व सम्हालेको ९ महिनासम्म पनि उनले निरन्तर सांसद भवन, प्रदेश सभा लगायत सार्वजनिक कार्यक्रमहरुमा सरकारलाई बलियो र गतिशिल बनाउन जोड दिएतापनि सरकार गतिशिल हुन सकिरहेको छैन ।

 

 

दुई तिहाइ बहुमतको सरकार हुँदा पनि देशले खासै उपलब्धि पाउन सकिरहेको छैन । केपी ओलीको सरकारले नागरिकलाई सुरक्षाको प्रत्याभुति दिन सकिरहेको छैन । दिनदहाडै नागरिक मारिदा पनि गृह मन्त्रालय लाचार बनिरहेको थुप्रै घट्नाहरुले देखाउँछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कछुवा गतिले पनि संघीयता देशको लागि बोज बन्दै गएको छ । स्थानिय तहमा कर्मचारीको अभाव र मन्त्रालय र कर्मचारीबिचको दुरीले समस्या झनै बढ्दै गएको छ ।

 

 

राष्ट्रपतिलाई १८ करोडको गाडी, जनप्रतिनिधिहरुको सेवासुविधाको मोह लगायत प्रधानमन्त्रीको निरन्तरको आश्वासनले जनता आजित भइसकेका छन् । तसर्थ, प्रधानमन्त्री ओलीले बारम्बार निर्देशन दिने लगायत मन्त्रीहरुलाई रेड जोनमा राखिएको भन्नेखालका प्रचारबाजि गर्नुभन्दा पनि मन्त्रालयहरुको कामको समिक्षा गरेर एक्सनमा उत्रन जरुरी छ । अतः प्रधानमन्त्री ओलीले बारम्बार कर्मचारी, सांसद लगायत मन्त्रीहरुलाई राम्रो काम गर्न निर्देशन दिने भन्दापनि आफूले दिएको निर्देशन कतिको प्रभावकारी ढंगमा कार्यान्वयन भए नभएको समिक्षा गर्न आवश्यक छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top