सत्तरी बिघामा लगाइएको गाँजाखेती नष्ट

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर ७ गते शुक्रवार सिन्धुली

 

सिन्धुलीको ७० विगाह भन्दा बढि क्षेत्रफलमा अबैध रुपमा लगाइएको गाजा खेती प्रहरीले नष्ट गरेको छ । जिल्लाको ग्रामिण क्षेत्रमा ठूलो मात्रामा लगाइएको अवैध गाजा खेतिलाई प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सिन्धुली, प्रदेश प्रहरी कार्यालय हेटौंडा र ईलाका प्रहरी कार्यालय कपिलाकोटका ५० बढी प्रहरीले एक हप्ता लगाएतर गाजा खेतीको फडानी गरेका हुन् । मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको ७० विगाह क्षेत्रफलमा लगाएको गाजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

 

 

गाँजाखेती नष्ट गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ३ नं प्रदेश प्रहरी कार्यालय,जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय कपिलाकोटको सयुक्त टोली परिचालन गरि यहि कात्तिक ३० गते शुक्रवार देखी गाँजा फडानीलाई अभियानकै रुपमा चलाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख उपरिक्षक रामेश्वर प्रसाद यादवले बताए।

 

यो सिन्धुलीमै पहिलो पटक र नेपालमै सबै भन्दा बढी र धेरै क्षेत्रफलमा गरिएको गाँजाखेति भएको उपरिक्षक र यादवले बताए ।

 

मरिण गाउँपालिकाकोको खलंगा, कात्तिके, टुडिखेल, बेदपानी, बरुण, भलायो लगायतका ठाउँमा लगाईको गाँजा नष्ट गरिएको प्रहरी उपरिक्षक यादव भनाई छ । मरिण गाउँपालिकाको वडा नम्वर १,२,३ र ४ नम्वर वडामा बढीमात्रामा गाँजा खेति हुने गरेको स्थानीयले बताएका छन् ।

 

जिल्लाको पश्चिमी क्षेत्र क्यानेश्वर–१ को भुताहा, चिसापानी, क्यानशिर, अधेरी बस्ति र छिमेकी काभ्रे जिल्लाको क्यानेश्वसरंगै जोडिएको बस्तिमा ब्यापक रुपमा अबैध गाँजा खेती गर्ने गरेको प्रहरीको भनाई छ .।

 

 

गाँजा खेतिबारे स्थानीय कसैले जिम्मेवारी लिएका छैनन् । जिल्लाको विकट क्षेत्र भएकाले प्रहरी प्रशासनको कम उपस्थिति हुने हुदा त्यस क्षेत्रमा अवैध रुपमा गाँजाको खेति हुने गरेको स्थानीले बताएका छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top