छ जुवाडे पक्राउ

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २३ गते शुक्रवार स्याङ्जा

 

भीरकोट नगरपालिका–६ स्थित ईश्वर केसीको घरमा गए राति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका छ जुवाडे पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीरकोट नगरपालिका–६ का सुवास रेग्मी, ईश्वर केसी, डिलबहादुर गोदार, भीरकोट–१ का राजचन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलीबजार नगरपालिका–११ का योजन केसी रहेका छन् ।

 

 

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा रु ३ लाख ५६ हजार ३०० र ताससहित उनीहरूलाई पक्राउ गरको हो । पक्राउ परेका जुवाडेहरूलाई कानूनबमोजिम कारवाही गरिने उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top