रु चार लाख ५५ हजारसहित २३ जुवाडे पक्राउ

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २२ गते बिहीवार चितवन

 

भरतपुर महानगरपालिकाका दुई स्थानबाट प्रहरीले गए राति रु चार लाख ५५ हजार ९५० नगदसहित २३ जुवाडे पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार राति १ बजे भरतपुर महानगरपालिका–१६ शरणपुरबाट १९ जनालाई रु एक लाख ४९ हजार ६८५ नगदसहित पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार राति नै भरतपुर महानगरपालिका–१५ फुलबारीबाट रु तीन लाख छ हजार २६५ नगदसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । दुवै ठाउँमा जुवा खेलिरहेको सूचनाको आधारमा छापामारी पक्राउ गरिएको उनले बताए ।

 

पक्राउ परेका निजहरूउपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए । उनीहरुविरुद्ध मुद्दा दर्ता गरिने रेग्मीले बताए । दशैँयता जुवातास खेल्ने ४३ जना विरुद्ध मुद्धा दर्ता गरिसकिएको उनँले बताए । (रासस)

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top