जुनार सुपरजोनमा देवराज अधिकारी

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २१ गते बुधवार सिन्धुली

 

कृषि विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले जुनार सुपर जोन परियोजना प्रमुखमा बरिष्ठ बाली संरक्षण अधिकृत देवराज अधिकारीलाई पठाएको छ । यसअघि सो परियोजना प्रमुखमा ललन झा थिए । कात्तिक २० गते बसेको मन्त्रालयको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।

 

उनले लामो समय सिन्धुली कृषि विकास कार्यालयमा रहेर सेवा पुर्‍याएका थिए । सिन्धुलीमा जुनार विकासका लागि जुनार सुपर जोन कार्यक्रम लागू गरिएको भए पनि अहिले सिन्धुलीमा औंसा पार्ने झिँगाको प्रकोपका कारण किसान पीडित छन् । जुनार, सुन्तला जातका फलफूल खेती जोखिममा परेका बेला सो सम्बन्धी लामो समयदेखि अध्ययन अनुसन्धान गर्दैआएका बरिष्ठ बाली संरक्षण अधिकृत अधिकारीलाई परियोजनाकै प्रमुख बनाएर पठाउँदा स्थानीय किसान खुशी भएका छन् ।

 

 

त्रिभुवन विश्वविद्यालय, रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातकोत्तर (बागवानी) अधिकारी नेपाल सरकारको उपसचिव हुनुहुन्छ । स्वीट्जरल्याण्डबाट मास्टर अफ एड्भान्स स्टडि इन इन्टिग्रेटेड क्रप म्यानेजमेन्टको अध्ययन पूरा गरेका अधिकारीले पाँच वर्षदेखि जुनारको विकास र यसमा लाग्ने रोग किराको अध्ययन गर्दै आएका छन । यसअघि उनि त्रिभुवन अन्तर्राष्यिय विमानस्थल प्लान्ट क्वारेन्टायन कार्यालयमा कार्यरत थिए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top