बाेक्सी भगाउन भन्दै विरामीकाे गालामा ताताे पन्यू डामियाे,

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २० गते मंगलवार सिन्धुली

 

सिन्धुलीको कमलामाई नगरपालीका वडा नं १२ रानीचुरीमा रोग निको पार्ने भन्दै धामिले पन्यू ततायर डाम्दा एक महिला घाईते भएकी छन् ।

 

तिनपाटन गाउँपालीका वडा नं ३ जिर्गाह पारीका दुर्गा बहादुर आले मगर (गोठे)ले रानीचुरीकी ३८ वर्षिय पुर्ण कुमारी गुर्मछाने मगरलाई पन्यू ततायर गाला तथा शरिरमा डाम्दा घाईते भएकी हुन् । घाईते गुर्मछाने मगरलाई मंगलबार जिल्ला अस्पताल सिन्धुलीमा भर्ना गरिएको घाईतेका बुबा चन्द्र खुलालले जानकारी दिए ।

 

 

टाउको दुख्ने विरामीलाई झारफुक गर्न आएका धामीले पटक पटक पन्यू ततायर गाला तथा शरिरमा डामी घाईते बनाएको बुवा खुलालले बताए । टाउको दुख्ने रोग निको पानी धामीलाई बोलाएको भए पनि पन्यूले डामेर घाईते बनाईएको विरामी गुर्मछान मगरको भनाई छ । यसरी डाम्न अस्विकार गर्दा पनि ३ पटक पन्यूले डामेको विरामी गुर्मछाने मगरले दुखेसो गरिन ।

 

यस विषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाको बारेमा अनुसन्धान भईरहेको जनाएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top