राति १० बजेपछि देउसी भैलो खेल्न रोक

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २० गते मंगलवार सिन्धुली

 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

 

रातको समयमा देउसी भैलोका नाउँमा उच्छृंखल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जानकारी दिए ।

मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको उनले बताए । प्रशासनको आग्रह विपरीत देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रजिअ ढकालको भनाइ छ ।

 

 

तिहार तथा छठ पर्व मनाउने क्रममा आतिशबाजि, पटाका, भूईंचम्पा जस्ता प्रज्वलनशित पदार्थको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नर्गन पनि प्रशासनले आग्रह गरेको छ । यस्तो कार्यमाथि स्थानीय प्रशासन कसैले पटाकासहितका विस्फोटजन्य पदार्थ प्रयोग गरेको पाएमा कारवाही गरिने ढकालले बताए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top