विवाहको २ घण्टामै दुर्घटना, बेहुला–बेहुलीको मृत्यु

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २० गते मंगलवार काठमाडौं

 

जब विवाहपछि हेलिकप्टर उड्न लाग्यो तब पाहुनाले बेहुलाबेहुलीलाई मुस्कुराएर बिदा गरे । तर यसको केही समयपछि हेलिकप्टर एउटा पहाडमा गएर ठोक्कियो । विहेको २ घण्टपछि दुर्घटना भयो र बेहुला बेहुलीको मृत्यु भयो ।

 

 

यो घटना शनिबार रातिको थियो । विवाहमा सहभागी भएका पाहुना एरिक स्मिथले फेसबुकमार्फत उक्त जानकारी दिए । घटनामा पाइलट जेरीको पनि मृत्यु भएको थियो ।

 

स्मिथले भने की, ‘जोडीलाई साथी र आफन्तहरुले घरेका थिए तर जब हेलिकप्टर उनीहरुलाई लिन पुग्यो र दुई जना जोडी हेलिकप्टरमा बसे । केही समयपछि अनुसन्धान कर्ताहरुले हेलिकप्टरका टुक्रा घटनास्थलमा फेला पारेका थिए ।’ बेहुलीका साथी जेसिका स्टीलीले उनको मृत्युपछि दुःख व्यक्त गरेकी छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top