बिचारका दरिद्र बुर्जवा र कमजोर कम्युनिस्ट बुद्धिजिवी

विनोद दाहाल २०७५ कात्तिक २० गते मंगलवार बिचार

 

१४ हजार भन्दा बढी जनतन्त्र खोज्ने नागरिकलार्ई बन्दि बनाएर भारतीय प्रतिक्रियावादी लोकतन्त्र टिकेकोछ । हजारौंको हत्या गरिसक्यो, फेरिपनि हत्या, हिंसा र बल प्रयोग नै उक्त लोकतन्त्रको पर्याय बनेको छ । अमेरिकाले संसारलार्ई ठगेर र लुटेर आफ्नो देशमा थोपरेको छ ।

 

त्यही लुटको धनले त्यहाँका सर्वहाराहरुले कम्तिमा काम पाएकाले बिद्रोहहरु अल्लि रोकिएको छ । कामको अवशर गुमेका देशका सर्वहारा तथा श्रमिकहरु साम्राज्यवादी तथा दलाल पुँजीबाट बिकेका तथा दासताको जुनी बाँचेका छन् र ती देशमा बिद्रोहहरु रोकिएका छन् । माओवादलार्ई आत्मसात नगरेका कम्युनिस्टहरुले साम्राज्यवादी देश तथा दलाल पुँजीबाट प्रभावित देशहरुमा सचेतपहलबाट सशस्त्र गतिबिधिहरु गर्नुपर्नेमा उनीहरु चुकेकै कारणले सर्वहारा वर्गको शक्ति उजागर हुन पाएको छैन भने साम्राज्यवादी तथा दलाल पुँजीवादी देशहरुमा प्रतिक्रियावादी शक्तिले विजय पाएजस्तो देखिएको छ । नेपाल पनि दलाल पुँजीको प्रभाव रहेको देश हो । यहाँ पनि माओवादी आन्दोलनलार्ई उठाउन वा पुनर्गठन गर्न नसक्नाको कारणले दलाल पुँजीवादी प्रतिक्रियावादी शासकको जित भएजस्तो देखिएको छ र सर्वहारा तथा श्रमजिवी वर्ग शक्तिहीन जस्ता देखिएका छन् । यही स्थितिलार्ई आधार मानेर बुर्जुवा बुद्धिजिवीहरुमा बौद्धिक अहमता देखिएको छ । उनीहरुका हावादारि गफले पनि ठूलै बजार पाएको छ ।

 

 

नेपालमा पनि हजारौंको वलिदान पछिको स्थितिमा कतिपय राजनीतिक दलहरु र संगठनहरु खुल्ला रहेकै अवस्थामा पनि कार्यक्रम गर्न नदिने, धरपकड गर्ने, थुन्ने, असंवैधानिक हस्तक्षेप गर्ने र याताना दिने गरिएका छन् । असंवैधानिक हस्तक्षेप गर्दा कुनै सरकारी अधिकारीहरुलार्ई कानुन अनुसार सजाय हुने गरेको छैन । जनताको कर खाएको राज्यका निकायहरुबाटै दण्डहीनताको स्थिति कायम नै राखिएको छ । प्रतिक्रियावादी संसारमा सबैतिरको स्थिति यही नै हो । राज्यव्यवस्थानै कमजोर पार्ने यी हर्कतहरु थाहापत्तै नभएजस्तो गर्ने बुजु्रकहरु कत्तिन ठूला बिद्वानको बिल्ला भिरेर प्रस्तुत भइरहेका छन् ।

 

प्रतिक्रियावादी ती मुखहरुबाट सुन्न पाइन्छ कि राज्यसँग हतियार हुनु र व्यवस्था टिकाउन त्यसो गर्नु हत्या, हिंसा र बल प्रयोग हैन । शोषक वर्गका संयन्त्र भत्काउन कम्युनिस्टले गरेका दमनको बिषयलार्ई भने तिनै मुखले हत्या, हिंसा र बल प्रयोगको संज्ञा दिने गरेका छन् । शोषक वर्गको दोहोरो मापदण्डका लागि यस्ता खालका मुखहरु प्रतिक्रियावादीका बम सिवाय केही हैनन् भन्ने बुझ्नुपर्छ ।

 

बुद्धिजिवी भनिएका मानिसहरु पनि कत्तिन जान्ने हौं जस्तो गरि बुर्जुवा वर्गले सिकाएका ज्ञानहरुमा आधारित भएर तर्कहरु गर्ने गर्दछन् कि पुँजीको निर्वाध निजि स्वामित्वबिरुद्ध कम्युनिस्टहरुले अवरोध खडा गर्ने कार्यले देशको विकास हुनै पाएन । उनीहरुलार्ई पुँजीको निजी स्वामित्व र अतिकेन्द्रिकरणले संसारभर पारेको समस्याले समाज र सभ्यतालार्ई कत्रो चुनौति थपिसकेको छ र सबै खालका समस्याहरुको कारण यही नै भएको छ भन्ने बुझ्नै नसक्ने बनाइदिएको छ । यस्ता मोटा बुद्धि भएका बुजु्रकहरुलार्ई विद्वानको बिल्ला भिराएर प्रतिक्रियावादीले जनतालार्ई झुक्याइरहेका छन् ।

 

राज्यबाट प्रबुद्ध बिल्ला भिराएर त्यस्ता खालका तर्क गर्ने एकजना विद्वानले हालै बढो महत्वकासाथ तर्क पेश गरेका छन् कि अहिले कम्युनिस्टहरुले जितेर बलियो सरकार बनाएका छन् । उनीहरुले भन्दै थिए कि समाजवाद ल्याउँछौं, समृद्ध पाछौं, नागरिकलार्ई सुखी बनाउँछौं, देशलार्ई पनि स्वाधिन र बलियो बनाउछौं, खोई त त्यसो गरेको ? उनीहरुले यो गर्न सक्दैनन् किनकि यी सव ढाँटने कुरा मात्र हुन् । उनको भनाइको सार छ— कम्युनिस्टहरु ढाँटछन् ।

 

उनको त्यत्रो अध्ययन कम्युनिस्टको बारेमा यस्तो बुझाई छ । उनी अझ थपेका छन् कि पुँजीको निजी स्वामित्वको निर्वाध उपयोगमा रोक लगाउने कम्युनिस्टको नीतिमा खोट छ । सर्वहारा वर्गको राजनीति गर्नेले सँधै सर्वहारा वर्ग नै बनाउछ, उनीहरु त्यस्तै राजनीति गरिरहेका छन् । पुँजीको नीजि स्वामित्व हटाएर सामाजिक बनाएपछि त झन् सबैलार्ई सर्वहारा पो बनाउने गरेका छन् । अज्ञानी मुर्खहरुलार्ई यस्ता बिद्वानले खुराकी दिइरहेकोमा बुर्जुवा शासकहरु मख्ख छन् र त्यस्ता बुजु्रकहरुको भरणपोषण र सुखसुविधाको व्यवस्था मिलाईदिइरहेका छन् ।

 

कम्युनिस्ट भनेको के हो र सर्वहारा भनेको के हो भन्ने सामान्य ज्ञान पनि नभएका त्यस्ता रित्ता दिमागका भाँडाहरुलार्ई प्रतिक्रियावादीले गतिलै प्रमाणपत्र भिराएको हुनुपर्छ । यिनलार्ई लाग्दो हो कम्युनिस्ट बिनाको संसार कति सभ्य, शान्त, सुन्दर र विकसित हुन्छ । सभ्यताबिरुद्ध समाजमा कहिलेदेखि समस्याहरु आइलागे र बिद्रोहका कति लामा संघर्षहरु भए भन्ने रत्ति पनि ज्ञान नभएजस्तो व्याख्या गरिरहेका छन् । बिद्रोह र युद्धहरुमा करोडौंकरोड मानिस मारिएका, हिंसाका हजारौं घटनाहरु गराउने कम्युनिस्ट नै हुन् भन्ने ठान्दा हुन् । कम्युनिस्टहरु इतिहास छोटो छ, परम्पार र संस्कृति निर्माण भएको भर्खरै हो भन्ने जानकारि छैन सायद यिनीहरुलार्ई । कम्युनिस्टहरुले निर्माण गरेका सत्ताहरु कति प्रभावकारि र महत्वपूर्ण थिए भन्ने यी प्रतिक्रियावादीका भाडाका टट्टुहरुले बुझ्ने क्षमता राख्ने कुरै भएन ।

 

उनीसँगै केहीवर्ष अगाडि यात्रामा भेटिएका अर्का विद्वान सौरवले एउटा लेखमा भनेका छन् कि माक्र्सवादीले मानिसलार्ई पूर्वाग्रही, बोधो, ईष्र्यालु, अभावको कुण्ठाले ग्रस्त, अवसरवादी र माक्र्स जस्तै परजीवी बनाउँछ, चाहे परिवारआश्रित होस् चाहे राज्यआश्रित, निर्जीव र पत्थर हृदय बनाउँछ । विश्वका मानिसहरू माक्र्सवाद नामको रोगबाट मुक्त हुन जरुरी छ । बिबिसिले सहश्राब्दी पुरुष भनिएका माक्र्स र उनले स्थापना गरेको समाजवाद तथा साम्यवादलार्ई यति कुरुप तरिकाले बुझ्ने मान्छे मुर्ख हुन् वा नुनको सोझो गर्ने दास छुट्याउन कुनै मुस्किलको सवाल भएको छैन । अर्का एक आपूmलार्ई विद्वान ठान्ने मानिसले भन्दै थिए त्यो १ कठ्ठा जमिन र ३ तोला सुन सम्पत्ति देखाएपनि अनेकौं ठाउँबाट सम्पत्ति थुपार्ने एक नवसामन्त छन् । यो त्यस्तैको समय हो । मनको तीतो पोखेर उनले सन्तुष्टि लिएका होलान् तर समाज, वर्ग, अवस्था चिन्ने सवालमा उनको कमजोर हैसियत स्पष्ट गरेको छ । उनले भने जस्तै त्यस्ता मानिस नवसामन्त हुन्छ त ? यो त्यस्तैको समय हो त ? यो कस्तो समय हो ? उत्पादन र उपभोगको मात्र व्यवस्था भएको समय थियो, त्यो पुरानो साम्यवादी युग, बचत सम्पत्तिको मालिक र उसको शक्तिबाट श्रम गर्ने मानिस नियन्त्रित हुने समय दास युग, जमिन माथिको नियन्त्रण जमाई सबै श्रम र उत्पादनमा नियन्त्रण जमाई सबै भूदास र किसानलार्ई शोषण र उत्पिडनमा पारेर शासन गर्ने सामन्ती युग, सम्पूर्ण उत्पादनका साधनमाथि अतिक्रमण गरेर सम्पूर्ण श्रमिक जनतामाथि त्यसैको शक्तिबाट नियन्त्रण गर्ने पुँजीवादी युग र अहिले पुँजीको बलमा अन्य देश र नागरिकमाथि नियन्त्रण जमेको साम्राज्यवादी युग छ । पुँजीले सुदखोर रुप लिएको र तिनीहरुका मालिकले मिलेर निगममार्फत बिश्वका सम्पूर्ण राष्ट्र« र अवस्थामाथि नियन्त्रण जमाएको पतित साम्राज्यवादी युग मानिसले अहिले भोगिरहेको युग हो ।

 

मानिसले भोगिसकेको एउटा अर्को समाजवादी युग छ । ४ सय वर्षदेखि खोजिगरेको र २ सय वर्षदेखि वैज्ञानिक आधार खडा भएको तथा कैयौं देशमा स्थापना नैं भइसकेकोले यो वैज्ञानिक समाजवादी युग पनि भनिन्छ ।

 

सबै युगले आ–आफ्नो उपरिसंरचना निर्माण गरेका हुन्छन् । यसका लागी उक्त शोषक वर्गले देश, संबिधान, नियम, कानुन माथिसमेत नियन्त्रण जमाउने अधिकार लिएका हुन्छन् ! मानिसको विचार, भावना, सोच अर्थात चेतना निर्माण त्यही वर्गको हितको संस्कार तथा संस्कृतिमार्फत गर्न पुग्दछन् । अहिलेको युगमा पनि त्यही नैं भइरहेको छ । अहिलेको चेतना पनि त्यही साम्राज्यवाद समस्या र समाजवादी चेतना नैं हो । मानिसहरु कि त साम्राज्यवादको पक्षमा देखिएका छन् कि त समाजवादको, बिचमा अचेतन अवस्थाका अर्थात कमजोर रहेका हुन्छन् । साम्राज्यवादी पक्षका हैनौं पनि भन्ने, समाजवाद पनि काम छैन भन्ने बुद्धिजिवीहरु पालेर साम्राज्यवादीले उसको स्वार्थ पुरा गरिरहेको छ । त्यस्ता बुद्धिजिवीहरु साम्राज्यवादका असली एजेन्ट हुन् । अहिले पनि माक्र्सवादलार्ई भ्रमपार्ने संशोधनवादी समेतले त्यस्तै बुद्धिजीवीको भूमिका खेलिररेका छन् ।

 

बिडम्बना के छ भने दरिद्र चेतना भएका बुर्जुवा विद्वानहरुसँग बौद्धिक बहसबाट पाखा लगाउन माक्र्सवादी बुद्धिजिवीहरुले क्षमताको प्रदर्शन गर्न सकेका छैनन् । पछिल्लो समयमा त झन् यो स्थिति झन् कमजोर बनेको छ । वर्गसंघर्षले मुर्त रुप नलियञ्जेल यो स्थिति कायम नै रहने जस्तो देनि पुगेको छ ।

 

दासयुगदेखि बिभाजित भएका मानिस अहिले साम्राज्यवाद र जनताबीचको अन्तरसंघर्षको स्तरमा विभाजित छन् । बुर्जुवा र सर्वहारा वर्गको नेतृत्वमा अहिले साम्राज्यवाद र जनता जुधिरहेका छन् । समाजका हरेक पक्ष यसैमा केन्द्रित भएका छन् । साम्राज्यवाद सबै समस्याको जढ भएको छ भने समाजका सबै समस्याको समाधानको लागि जनवादीहरु संघर्षको मैदानमा छन् । विद्वानहरुका तर्कबितर्कहरु पनि यिनै २ पक्षमा बिभाजित छन् । त्यसैले माक्र्सवादी अर्थात मालेमावादी विद्वानहरुले पनि आफ्नो ज्ञानको क्षेत्रलार्ई अझै फराकिलो पार्नु जरुरी भएको छ ।

 

मानव सभ्यतालार्ई अझ विकसित गर्ने सपना नभएका वा यही व्यवस्थामा सिमित भएका दिमागहरु श्रमजीवी जनताको लागि सारमा केही काम लाग्ने हुँदैनन् । अझ बिकेकाहरु त झन् कति खतरनाक हुन्छन् ! यस्ता बुजु्रक मान्छेहरु बिक्री भएपछि भन्ने कुरा सामान्य मानिसहरु बुझ्न सक्दैनन् । माक्र्सवाद २ सय वर्ष अगाडि देखिको हो तर सामाजिक समस्याहरु धेरै अगाडिदेखि थियो भन्नै चाहँदैनन् यी बुजु्रकहरु । मानिस र समाजले भोगिरहेका समस्याहरु र तनावहरु समाधानका लागि मानिसले गरेका प्रयत्नहरु समेत उनीहरु भन्नै चाहँदैनन् । वा, सक्दैनन् पनि । सर्वहारा वर्गको उत्पति, त्यो वर्गको समस्या र समाधानको बिषयमा बोल्ने कुनै क्षमता नभए पनि ती आपूmलार्ई विद्वानको बिल्ला भिर्न कत्ति पनि हिचकिच गर्दैनन् । सतही तर्क र कम्युनिस्टलार्ई गाली गरेको भरमा शोषक वर्गबाट उनीहरुहरुको भरणपोषण हुँदा पनि कुरै नबुझ्ने र अप्ठ्यारो नलाग्नुमा उनीहरुको ज्ञान क्षमतामा नै समस्याले गर्दा हो भन्न सकिन्छ तर उनीहरु नै सामाजिक समस्याका पात्र हुन् भन्ने स्पष्ट हुनु जरुरी छ ।

 

अनि कम्युनिस्ट बुझाई भएका भनिएका बुद्धिजिवीको हैसियत कस्ता छन् भन्ने पनि बुझाई राख्नु जरुरी भएको छ । कोही क्रान्तिकारी, माक्र्सवादी, अझ माओवादी नै ठान्ने बुद्धिजिवीहरु पनि छन् यहाँ जो बुर्जुवा तथा संशोधनवादी बुद्धिजिवीहरुको भण्डाफोर गर्ने क्षमता राख्दैनन् । प्रगतिशील लेखक संघ वा बुद्धिजिवी संगठन जता आबद्ध भएपनि त्यस्ता बुद्धिजीवी भनिएकाहरु बहसबाट भागि हिंड्ने गरिरहेका छन् । लेख, कला, साहित्य, अभिनय, फिलिम वा अन्यत्र पनि देखिएका गैरकम्युनिस्ट चरित्रको भण्डाफोर गर्नु र जनवादी बिचार, संस्कार र संस्कृतिको पक्षमा आपूmलार्ई बिचार र व्यवहारका हिसावले प्रस्तुत हुने आफ्नो कर्तव्य बुझ्नै सक्दैनन् भने बुझ्नु पर्छ कि यिनको विश्वविद्यालय नै ठिक छैन । सर्वहारा बिश्वविद्यालय त्यो हो जुन वर्गसंघर्षको व्यवहारिक प्रयोग भन्दा बाहिरबाट सिक्न सक्दैन । वर्गसंघर्ष व्यवहारिक रुपमा नआउनु र त्यसमा अध्ययन गर्न नपाउनु अहिलेका बुद्धिजीवीहरुको समस्या हो तर अहिले गौढ रुपमा चलिरहेको वर्गसंघर्ष बुझेर त्यही अनुसारको शिक्षा लिन नसक्नु जनवादी बुद्धिजिवीहरुको समस्या हो । तल्लो स्तरबाट हुने बुर्जुवा विद्वानहरुको आक्रमण फेस गर्न पनि नसक्ने कमजोर अवस्थामा देखिनु चाहिं बिडम्बना नै भन्नुपर्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top