सिन्धुलीगढी बिजय उत्सव भव्य रुपमा मनाउने तयारी

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २० गते मंगलवार सिन्धुली

 

सिन्धुलीगढी बिजय उत्सव भव्य रुपमा मनाउने तयारी भइरहेको कमलामाई नगरपालिकाले जनाएको छ । ‘‘आउनुहोस् सिन्धुलीगढी विजयोत्सव कार्यक्रमा सहभागी हुनुहोस सिन्धुलीगढीको ऐतिहासिक महत्वलाई आत्मसात गर्नुहोस् ।” भन्ने मुल नाराका साथ भव्य रुपमा विजय उत्सव मनाईने भएको छ ।

 

सिन्धुलीमाढीमा सोमवार पत्रकार सम्मेलनको आयोजना गरी यस वर्ष पनि सिन्धुलीगढी बिजय उत्सव कात्तिक २४ गते भव्य रुपमा मनाउने तयारी भइरहेको नगर प्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिए ।

 

 

ऐतिहासिक दिन वीर गोर्खालीहरुले तत्कालिन व्यापारिक साम्रज्य विस्तार गर्ने अभियानमा लागेको र आफुलाई अजेय शक्ति सम्झने तत्कालिन व्रिटिश इस्ट इन्डिया कम्पनीका फौजलाई सिन्धुलीगढीको लडाईमा हराई नेपाल एकीकरणको महान अभियानलाई मार्ग प्रशस्त गरेको दिनको सम्झनामा आयोजना विभिन्न कार्यक्रमहरु गनिरे उनले जानकारी दिए ।

 

तत्कालिन अंग्रेज सेनालाई पराजय गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीमा अहिले सरसफाई र रंग रोगनको काम भइरहेको नगरप्रमुख खत्रीले बताए ।

 

कात्तिक २४ गते सिन्धुलीगढीको पुनःनिर्माणको शिल्यान्यास गरिने खत्रीलेले जानकारी दिए । यस बर्ष खुकोटबाट २० जना धावक सिन्धुलीगढी सम्म आउने र अन्य कार्यक्रम तय हुन बाँकी रहेको बताए ।

 

यस बर्ष कात्तिक २४ गते विदाको दिन परे पनि आगामी बर्षहरुमा सके देशैभर नसके प्रदेश र स्थानीय स्तरमा विजय उत्सवका दिन भव्य कार्यक्रम गर्न सार्वजनिक विदा दिने व्यवस्था मिलाउने बताए ।

 

उनले तिहार परेकाले यस बर्ष बिजय उत्सव नहुने भन्ने हल्ला चलेको र हल्लापछिको पछि नलाग्न जिल्लाबासिलाई आग्रह गरे । कुनै बिशेष दिन वा टिका कै दिन भएपनि बिजय उत्सब गर्न छाड्दिन उनले भने । अव मिति परिवर्तन र कार्यक्रम सार्ने भन्ने कुरा असम्भव भएको समेत बताए । सोही दिन कार्यक्रक्रममा जान चाहनेकालागि १० वटा यात्रुबहाक बसको व्यवस्था गरिएको समेत बताए । नगरपालिकाका विभिन्न स्थानबाट बसले लैजाने र ल्याउने व्यवस्था भएकाले सवैलाई कार्यक्रममा सहभागि हुन आह्वान गरे ।

 

विक्रम संम्वत १८२४ कात्तिक २४ गते नेपाल कब्जा गर्न आएका अंग्रेज फौजलाई वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर हराएको दिनको सम्झनामा बिजय उत्सव मनाइदै आएको छ ।

 

विगत ८ वर्ष अघि पत्रकार महासंघ सिन्धुलीको अगुवाइमा मनाउन सुरु गरेको विजय उत्सव गत वर्षबाट भने कमलामाई नगरपालिकाको नेतृत्वमा मनाउन थालिएको छ । विर गोर्खालीले अंग्रेजहरुलाई पराजय गरेको यही कात्तिक २४ गते २५१ वर्ष पुग्दै छ ।

 

विश्वमा आफ्नो साम्राज्य कायम गर्दै हिडेका अँग्रेज विरुद्ध नेपालीको दक्षिण एसियाकै इतिहासमा सिन्धुलीगढीमा पहिलो विजय थियो । नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महत्वपूर्ण सिन्धुलीगढी बिजय उत्सवलाई यस वर्ष पनि भव्य रुपमा मनाउन नगर प्रमुख खत्रीले जिल्लाबासी सबैलाई उपस्थितिका लागि आग्रह गरे ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top