सर्पदंशमा परेकी युवती आइसियुमै बलात्कृत

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १८ गते आइतवार बरेली

 

भारतको उत्तर प्रदेश राज्य वरेलीमा मानवता मरेको घटना उजागर भएको छ । सर्पदंशमा परेकी एक युवती उपचारको क्रममा एक नीजि अस्पतालमा भर्ना भएकी थिइन् । आइसियुमा एक्लै रहेको समय कथित बलात्कारको घटना भएको प्रहरीले जनाएको छ ।

 

 

कामको सिलसिलामा खेतमा सर्पले टोकेर अस्पताल भर्ना भएकी युवतीलाई साेही अस्पतालमा काम गर्ने ५ जना कर्मचारीले बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित युवतीले घटनाको बारेमा आफ्नो हजुरआमालाई बताउना साथ अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको थियो ।

 

रातको समय आइसियुमा डक्टरको भेषमा एक मानिस र अन्य चार प्रवेश गर्दै युवतीलाई जबरजस्ती करणी गरेको युवतीले जनाएकी छिन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top