दोश्रो स्व.मोहन बिक्रम स्मृति कप फुटबलको उपाधी चन्द्रमा क्लवलाई(फोटो फिचर)

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १७ गते शनिवार सिन्धुली

 

सिन्धुली जिल्लाकै सर्वोत्कृष्ठ राशी पुरस्कार रहेको मोहन विक्रम थापा स्मृति कप फुटबल प्रतियोगिताको उपाधि महोत्तरीको चन्द्रमा क्लबले हात पारेको छ ।

 

 

सिन्धुलीको भिमानमा आज भएको फाइनल खेलमा बर्दिबास स्पोर्टर्स क्लबलाई पराजित गर्दै चन्द्रमाले उपाधि हात पारेको हो ।

 

 

सिन्धुलीको भिमानस्थित जनजागृति विद्यालय प्रांगणमा भएको फुटबल खेलमा निर्धारित खेलमा एक एक गोल बराबरी भएको थियो । पेनाल्टी गोलमार्फत बर्दिबासलाई २–१ गोल अन्तरले चन्द्रमा क्लवले जित हासिल गरेको हो ।

 

भिमान युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताका विजेतालाई सिन्धुली टष्ट नेपालका अध्यक्ष बरिष्ठ समाजसेवी उज्वल विक्रम थापाले नगद तथा शील्ड र प्रमाणपत्र प्रदान गरे ।

 

 

प्रथम हुने चन्द्रमालाई डेढ लाख नगद र दोस्रो हुने बर्दिबासलाई ५० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । पुरस्कार प्रदान गर्दै अध्यक्ष थापाले युवा शक्तिलाई अनुशासित बनाउँदै खेल क्षेत्रमा अघि बढाउन खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए ।

 

 

कात्तिक ८ गतेबाट भिमानमा भएको मोहन विक्रम स्मृति फुटबल प्रतियोगितामा १४ टीम सहभागी थिए । कार्यक्रममा दर्शकको उल्लेखिय सहभागिता थियो ।

 

 

कार्यक्रममा नेपाली सेनाको नं. ९ बाहिनीपति सहायकरथी प्रदीप केसी, स्व.मोहन विक्रम थापाकी धर्मपत्नी उर्मिला थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सूर्य पाख्रिन, नेपाल रेडक्रम सोसाइटीका अध्यक्ष अशोक श्रेष्ठ लगायतको उपस्थिति थियो ।’

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top