शिक्षकहरु द्धारा सिन्धुलीका स्थानीय तहहरुमा पनि धर्ना

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १७ गते शनिवार काठमाडौं

 

सिन्धुली सरकारसँग आफ्ना २६ बुँदे माग पुरा गराउन तेश्रो चरणको आन्दोलन अन्तर्गत शिक्षकहरुले शुक्रबार सिन्धुलीका पनि स्थानीय तहमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले जिल्लाका स्थानीय तहमा धर्ना दिएका हुन् ।

 

देशलाई आवस्यक पर्नै जनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका निभाएपनि शिक्षकहरुमाथी सरकारले सधै सौतेलो व्यवहार गरेको आरोप शिक्षकहरुले लगाएका छन् ।

 

 

नेपाल शिक्षक महासंघ को केन्द्रिय आन्दोलनका कार्यक्रमहरु अन्तर्गत तेश्रो चरणको आन्दोलनमा शिक्षकहरु होमिएका छन् ।

 

शिक्षकहरुले कूल गार्हस्थ उत्पादनको ४ प्रतिसत रकम शिक्षा क्षेत्रमा खर्च गरीनुपर्ने, आारभूत तहसम्मको शिक्षा अनिबार्य र माध्यामीक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने, बिद्यालय शिक्षाको सुधा संबिधान अनुसार गरीनुपर्ने, संघीय शिक्षा ऐन संसोधन , सरकार संग बिगतमा भएका समझौताहरुको कार्यान्वयन गरीनुपर्ने, शिक्षकहरुलाई प्रकृया पुरागरी स्थायी गरिनुपर्ने लगाएतका २६ बुँदे मागहरु राखेका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top