जिल्ला स्तरिय टि –२० लिग क्रिकेट प्रतियोगिता शुरु

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १७ गते शनिवार सिन्धुली

 

सिन्धुलीमाडीमा जिल्ला क्रिकेट संघ र सिन्धुली ट्रष्टको संयुक्त आयोजनामा शुक्रबार बाट जिल्ला स्तरिय टि – २० लिग क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

 

 

प्रतियोगिताको पहिलो दिन दुई खेल भएकाछन् । भिमान युवा क्लब र आधुनिक युवा क्लब बीच भएको पहिलो खेलमा भिमान युवा क्लब ६४ रनले विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको भिमान क्लबले १२८ रन बनाएको थियो । जवाफी ब्याटिङमाउत्रेको आधुनिक ६२ रन मै अलआउट भएको थियो । मधुटार क्रिकेट क्लब र ढुंग्रेवास क्रिकेट टिम बीचको दोश्रो खेलमा मधुटार क्रिकेट क्लब बिजयी भएको छ । मधुटारले ढंग्र्रेबास क्रिकेट टिमलाई ९७ रनले पराजित गरेको हो ।

 

प्रतियोगिता अन्तरगत शनिवार बिहान ८ बजे ढकाल गाँऊ बि र भगवती क्रिकेट क्लब माझीटार बीच खेल हुनेछ । यस्तै दिउसो ढुंग्रेवास ए र ढकाल गाँउ क्रिकेट क्लब बीच खेल हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top