जनजागृती र बासबोटे सेमिफाइनलमा प्रवेश

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १७ गते शनिवार सिन्धुली

 

फिक्कल गाउँपालिका वडा नम्बर १ भेडिखोला स्थित रचनेथाम खेल मैदानमा जारी फुटबल प्रतियोगीताको शुक्रबारबाट सेमिफाइन चरणको खेल सम्पन्न भएको छ । २ टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

शुक्रबार विहान भएको पहिलो खेलमा नाग पोखरी युवा क्लव रत्नावतीलाई २–० गोल अन्तरले पराजित गर्दै जनजागृती युवा क्लव महादेवडाडा सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

त्यस्तै शुक्रबारै भएको दोस्रो खेलमा बासबोटे युवा क्लव ककुरठाकुर सेमिफाइनलमा प्रवेश गरेको छ । सुन्दर युवा क्लव धारापानी धनुषालाई ६–४ गोल अन्तरले पराजित गर्दै बासबोटे युवा क्लव सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

शनिबार तेस्रो स्थानका लागि खेल हुदै छ भने आइतबार फाइनल खेल हुने आयोजकले जनाएको छ ।

 

दसै, दीपावली, छठ, उधौली तथा ल्होसार पर्वको अवसरमा गत सोमबारबाट न्यू कोइच युवा क्लव र फिक्कल गाउँपालिकाको संयुक्त आयोजनामा दशौं अन्तर क्लब स्तरीय नकआउट फुटवल प्रतियोगिताको भएको हो ।

 

 

प्रतियोगितामा फिक्कल गाउँपालिकाका ८ टिम, दुधौली नगरपालिकाका ६ र धनुषा जिल्लाको १ टिम गरी जम्मा १५ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई २५ हजार रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतिय हुने टिमलाई १२ हजार रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजक टिमका संयोजक विक्रम सुनुवारले बताए । प्रतियोगीता यही कात्तिक १८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top