दोश्रो स्व. मोहन विक्रम थापा स्मृति फुटबलको फाइनल खेल भोलि

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १६ गते शुक्रवार सिन्धुली

 

सिन्धुली जिल्लाकै सर्वोत्कृष्ठ राशी पुरस्कार रहेको दोश्रो स्व. मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिताको शनिवार हुने फाइनल खेलको तयारी पूरा भएको छ ।

 

सिन्धुलीको भिमानस्थित जनजागृति विद्यालय प्रांगणमा हुने फुटबल प्रतियोगिताको फाइनल खेलमा १० हजार जनाभन्दा बढी दर्शकको भीड लाग्ने अनुमान आयोजकको छ ।

 

आयोजक भिमान युवा क्लबका अनुसार, भोलि शनिवार विहान ११ बजेबाट हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको त । कार्यक्रममा सिन्धुलीका ख्याती प्राप्त कलाकारहरुले सांगीतिक कार्यक्रम समेत प्रस्तुत गर्नेछन् ।

 

फाइनल चरणमा बर्दिबास स्पोर्टस क्लब महोत्तरी र चन्द्रमा क्लब महोत्तरीबीच प्रतिस्पर्धा हुनेछ । भिमान युवा क्लबको आयोजना तथा सिन्धुली ट्रष्टको साझेदारीमा सञ्चालन भएको प्रतियोगिता कात्तिक ८ गतेबाट सुरुवात भएको थियो ।

 

 

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै, दोस्रो पुरस्कार राशी ५० हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।

 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुशासित टिम र म्यान अफ दी म्याचको अवार्डसमेत रहेको आयोजक क्लवले जनाएको छ । सो प्रतियोगिताको फाइनल खेलमा दर्शकको रुपमा सहभागी हुन काठमाडौं, जनकपुर र सिन्धुलीका विभिन्न स्थानबाट व्यापक सहभागिता रहने स्थिति छ ।

 

कार्यक्रमको प्रमुख अतिथिमा सिन्धुली ट्रष्टका अध्यक्ष बरिष्ठ समाजसेवी उज्वल विक्रम थापा रहने छ । कार्यक्रममा विशेष व्यक्तित्वहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top