उपाधिका लागि चन्द्रमा क्लव र वर्दिवास स्पोर्टस भिड्ने

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १५ गते बिहीवार सिन्धुली

 

भिमानमा जारी दोस्रो मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगितामा चन्द्रमा क्लव भब्सी र वर्दिवास स्पोर्टस वर्दिवास फाईनलमा प्रवेश गरेका छन् ।

 

विहिवार विहान सम्पन्न पहिलो खेलमा नव प्रतिभा युवा क्लव मिलनचोकलाई ४ — १ गोल अन्तरले हराउदै चन्द्रमा क्लव भब्सी विजयी भएको छ । त्यस्तै विहिवारै दिँउसो भएको अर्काे खेलमा भिमान युवा क्लवलाई ४ — १ गोलको फराकिलो अन्तरले हराउर्दै वर्दिवास स्पोर्टसले फाईनल खेलको यात्रा तय गरेको हो ।

 

यो सँगै सेमिफाइनलका खेलहरु सकिएका छन् । अब उपाधिका लागि चन्द्रमा क्लव र वर्दिवास स्पोर्टस आमुनेसामुने हुने छन् । यी दुई टोलीले उपाधिका लागि कात्तिक १७ गते शनिवार प्रतिस्पर्धा गर्ने भएका छन् ।

 

 

प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता समुहले नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top