प्रहरीप्रति जनताको अपेक्षा

सम्पादकीय २०७५ कात्तिक १५ गते बिहीवार सिन्धुली

 

नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेर समुदायसँगको सहकार्यलाई संस्थागत रुपमानै अघि बढाउने प्रयास सराहनीय छ । यसअघि ‘प्रहरी मेरो साथी’ र ‘मुस्कानसहितको सेवा’ अभियान संचालन गर्दै काम गरेको प्रहरीले नयाँ अभियानमा समुदायलाई पनि सामेल गराउदा समाजमा दिगो शान्ति र सुरक्षित समाज निर्माण गर्ने आधार बनेको छ । प्रहरी सक्रिय बन्न सकेमात्र जनता सुरक्षित हुन सक्छन् । सर्वसाधरण र प्रहरीबिच सुमधुर सम्बन्ध कायम हुन सक्यो भने समाजमा हुने अपराधिक घट्नाको अनुसन्धान र अपराधिलाई छिट्टै पक्राउ गर्न सहयोग पुग्छ । प्रहरीले सर्वसाधरणमा सकारात्मक संदेश प्रवाह गर्न विभिन्न अभियान संचालन गरेपनि कार्यान्वयन पक्ष कमजोर देखिदैँ आएको छ । ‘प्रहरी मेरो साथी’ र ‘मुस्कानसहितको सेवा’ अभियान संचालन हुदाँ नागरिकमा सकारात्मक संदेश प्रवाह भएपनि अभियान बृहत् रुपमा सफल भने हुनसकेन । प्रहरीप्रति नागरिकको बढ्दो अविश्वसनियतालाई कम गर्न र सुमधुर सम्बन्ध कायम गर्न पनि समुदाय–प्रहरी साझेदारी अभियान सफल हुने देखिन्छ । तर, नेपाल प्रहरीले अभियानलाई सफल बनाउन विशेष गृहकार्य गर्न आवश्यक छ ।

 

 

प्रहरीले समाजमा सुरक्षा कायम गर्न सक्षम हुनुपर्छ । ने पाल प्रहरीको तथ्यांकले  अपराधमा १२ दे खि २५ वर्षका बढी संलग्न रहे को  र १८ वर्षमुनिका बालिका बलात्कारको  शिकार भएको  दे खाउँछ । समुदाय–प्रहरी कार्यक्रम विद्यालयसम्म पुग्दा विद्यार्थीमा चेतना बढ्ने र अपराधका घट्नामा कमि आउने देखिन्छ । नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले चार महिनाको अ्रध्ययनपछि मात्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको बताइरहदा आगामी दिनमा कार्यक्रमलाई कसरी दिगो रुपमा संचालन गर्ने भन्नेतर्फ पनि सोच्न आवश्यक छ । अतः प्रहरीको नयाँ कार्यक्रम सफल रहोस्, शुभकामना !

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top