फिक्कलमा जारी फुटबल प्रतियोगितामा बुधबार ३ खेल सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १५ गते बिहीवार सिन्धुली

 

फिक्कल गाउँपालिका वडा नम्बर १ भेडिखोला स्थित रचनेथाम खेल मैदानमा दसैँ, दीपावली, छठ, उधौली तथा ल्होसार पर्वको अवसरमा गत सोमबारबाट जारी फुटवल प्रतियोगीतामा बुधबार ३ खेल सम्पन्न भएको छ ।

 

बुधबार विहान भएको प्रथम खेलमा नाग पोखरी युवा क्लव रत्नावती विजयी भएको छ । आरु बोट युवा क्लव महादेवडाडालाई २–१ गोल अन्तरले पराजित गर्दै नाग पोखरी युवा क्लव रत्नावती विजयी भएको हो ।

 

 

त्यस्तै दोश्रो खेलमा आयोजक न्यू कोइच युवा क्लव ए बिजयी भएको छ । मगर सास्कृतिक युवा क्लव सोलीडाडालाई २–० गोल अन्तरले हराउदै न्यु कोइच युवा क्लव ए बिजयी भएको हो ।

 

बुधबार नै भएको तेस्रो खेलमा भने आयोजक न्यू कोइच युवा क्लव बी लाई फराकिलो गोल अन्तरले हराउदै बाङटार युवा क्लव महादेवडाडा बिजयी भएको छ । आयोजक टिमलाई ६–२ ले पछि पार्दै बाङटार युवा क्लव महादेवडाडा बिजयी भएको हो ।

 

न्यू कोइच युवा क्लव र फिक्कल गाउँपालिकाको संयुक्त आयोजनामा दशौं अन्तर क्लब स्तरीय नकआउट फुटवल प्रतियोगिताको आयोजना गरिएको हो ।

 

प्रतियोगितामा फिक्कल गाउँपालिकाका ८ टिम, दुधौली नगरपालिकाका ६ र धनुषा जिल्लाको १ टिम गरी जम्मा १५ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई २५ हजार रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतिय हुने टिमलाई १२ हजार रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजक टिमका संयोजक विक्रम सुनुवारले बताए । प्रतियोगीता यही कात्तिक १८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top