स्व मोहन विक्रम स्मृति फुटबलको सेमिफाइनल भोलि

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १४ गते बुधवार सिन्धुली

 

जिल्लाको भीमान स्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा जारी स्व.मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिता अन्तरगत प्रतियोगिता अन्तरगत भोलि (बिहिबार) सेमीफाईनल चरणको दुई खेल हुदैछन् ।

 

 

प्रतियोगिताको पहिलो खेल बिहान ८ बजे चन्द्रमा युवा क्लब भब्सी र नव प्रतिभा युवा क्लब मिलनचोक बिच हुनेछ । यस्तै दिउसो २ बजे बर्दिबास स्पोर्ट क्लब बर्दिबास र भिमान युवा क्लब बि भिमान बिच प्रतिस्पर्धा हुनेछ ।

 

यी खेलका विजयी टिम प्रतियोगिताको फाईनल मा प्रवेश गर्नेछन् । चाँदनी युवा क्लब बि चुरे लाई हराउदै चन्द्रमा क्लब भव्सी, भिमान युवा क्लब ए भिमान लाई हराउदै नव प्रतिभा युवा क्लब, न्यु स्टार युवा क्लब मन्थली लाई हराउँदै भिमान युवा क्लब बि, ब्लु अल्पाईन युवा क्लब सिन्धुली लाई हराउदै बर्दिबास स्र्पोट्स क्लब बर्दिबास सेमीफाईनल प्रवेश गरेका हुन । प्रतियोगिताको फाईनल खेल यही कात्तिक १७ गते शनिबार हुनेछ ।

 

 

प्रतियोगिताको बिजेताले नगद एक लाख पचास हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुशासित टिम र म्यान अफ दी म्याचको अवार्डसमेत रहेको आयोजक भिमान युवा क्लवले जनाएको छ ।

 

सोही दिन युवा क्रिकेट खेलाडी आयुष बस्नेतलाई सम्मान र लोक गायक स्व. कृष्णविक्रम थापालाई मरणोपरान्त सम्मान गरिने आयोजक क्लबले जनाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top