कुखुराको भाउ घट्यो

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १४ गते बुधवार सिन्धुली

 

सिन्धुली लगायत काठमाडौँ उपत्यकामा जिउदो र तयारी कुखुराको मुल्य घटेको छ । काठमाडौँ उपत्यकाका कोल्ड स्टोरहरुले ब्रोइलर बुखुराको खरिद मुल्यमा प्रतिकिलो १० रुपैयाँ घटाएर शुक्रबारमात्रै जिउँदो ब्रोइलरको एक सय ८० रुपैयाँ मूल्य तोकेका हुन् ।

 

सिन्धुलीमा भने जिउँदो ब्रोइलरको एक सय ६० रुपैयाँ मूल्य तोकिएको छ । त्यसैगरि, सिन्धुलीमा तयारी मासुको मुल्य प्रति किलो २ सय ६० रहेको र काठमाडौँमा २५० रुपैँया तोकिएको छ ।

 

 

काठमाडौँमा असारदेखि असोजको पहिलो सातासम्म किसानले तयारी ब्रोइलर किलोको दुई सयदेखि दुई सय ३० रुपैयाँसम्म पाएका थिए।

 

असोजको पहिलो सातादेखि पटक–पटक गरी कुखुरा किलोमा ५० रुपैयाँसम्म भाउ घटिसकेको छ । यसरी निरन्तर भाउ घट्दै जाने अवस्था रहेका किसानहरु फेरि घाटामा जानेछन् । कुखुराको भाउ निर्धारणका लागि निश्चित मापदण्ड नहुँदासम्म हामी किसान मर्कामा परेका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top