स्व. मोहन विक्रम स्मृति फुटबलको क्वाटर फाईनल सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १३ गते मंगलवार सिन्धुली

 

सिन्धुलीको भिमानमा जारी दोस्रो स्व. मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिता अन्तरग नकआउट चरणको अन्तिम खेल मंगलवार सम्पन्न भएको छ । मंगलबारको खेलमा भिमान युवा क्लब बि बिजयी भएको छ ।

 

क्र्वाटर फाईनल अन्र्तगतको अन्तिम खेलमा न्यु स्टार क्लब मन्थली लाई ३–२ गोल अन्तरले हराएउदै भिमान युवा क्लब बि विजयी भएको हो ।

 

 

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा कुनै गोल हुन नसके पनि दोश्रोहाफमा पछि ५ गोल भएको थियो । खेलको पहिलो गोल भने न्यु स्टार क्लब मन्थली ले गरेको थियो । लगत्तै भिमान युवा क्लब बि ले पेनाल्टि मार्फत गोल फर्काएको थियो । त्यसपछि भिमानले लगातार दुई गोल गरेको थियो ।

 

खेलको अन्त्यतिर न्यु स्टारले पुन एक गोल फर्काएको थियो । यो जित सँगै भिमान युवा क्लब बि भिमान प्रतियोगिताको सेमीफाईनल मा प्रवेश गरेको छ भने यस संगै सेमीफाईनल खेल्ने ४ वटै टिमको टुंगो लागेको छ ।

 

प्रतियोगिता को सेमीफाईनल खेल बिहिबार बाट हुनेछ जसमा चन्द्रमा क्लब भब्सी र नवप्रतिभा युवा क्लब मिलनचोक बिच खेल हुनेछ भने अर्को खेलमा बर्दिबास स्र्पोटस क्लब बर्दिबास र भिमान युवा क्लब बि भिमान बिच प्रतिस्प्रधा हुनेछ । प्रतियोगिता को फाईनल खेल शनिबार हुनेछ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top