क्रान्ति जो छ, त्यो चलीरहन्छ

x बिनोद दाहाल २०७५ कात्तिक १३ गते मंगलवार बिचार/

 

क्रान्ति त चलिरहेको हुन्छ नि ! यतिखेरको क्रान्ति अर्थात निशस्त्र अवस्थामा प्रतिक्रियावादी वर्गलाई हस्तक्षेप गर्ने क्रान्ति चलिरहेको त छ । तर यो अवस्थामा धेरै नै क्रान्तिकारि भनिएकाहरु ढलिरहेका छन् । कस्तो देखिन्छ भने प्रतिक्रियावादीका धार्मिक हतियारबाट पनि ढल्न थाले, जुन आवश्यक थिएन । उनीहरुको प्रतिरोधी क्षमता एकदम कमजोर देखियो । धार्मिक रौनकता जो छ त्यो बिषक्त छ भन्ने पनि होस गुमाएका जस्ता देखिए ।

 

सबै एकै स्थितिबाट गिरेका छन् भन्ने अवश्य हैन । कोही नियतमै गिरेका देखिन्छन, कोही क्षमताको अभावमा गिरेका देखिएका छन् । गिर्न चाहिँ नेतृत्व तहबाट सबै गरिसके भन्दा केही फरक पर्दैन । बहुलवाद हैन बहुदलीय प्रतिस्पर्धा र जनयुद्धमा क्रान्तिको मोडेल रसिया र चीनीयाँ मोडेल मिलाएर फ्युजन गर्ने भन्दा झुक्किनु स्वभाविक थियो । बिडम्बना त के देखियो भने संसदभन्दा माथि र नयाँ जनवाद भन्दा तलको व्यवस्था भन्दै लोकतान्त्रिक गणतन्त्र भन्दा पनि तालि ठोक्ने र जतिरोध गर्न नसक्ने नेतृत्वहरुसँग हामीले पछिसम्म पनि आशा गरिराख्यौं । हामी कार्यकर्ता त के भनौं र कमजोर रह्यौं तर नेतृत्वले त भयानक गल्ती नै गरेका हुन् नि ! पछि आजको मितिदेखि सशस्त्र संघर्षको अन्त्य भन्दा पनि बिनाप्रतिरोध नेतृत्वकै बिश्वासिलो हुने होडवाजीमा सिमित हुने नेतृत्व अहिले बिग्रिए भन्नु सहि हैन ।

 

प्रचण्ड, वैद्य, बादल, गौरव, लालध्वज, दिवाकरहरु जनयुद्ध क्रान्ति उठान गर्ने अगुवा । अहिले को काहाँ छन् ? कोही कम्युनिस्ट आन्दोलनबाट भागे, कोही एमालेतिर भागे, कोही त्यतै भाग्दै गर्दा बाटामै मरे । कोही जनयुद्धको बाटोबाट पछि हटे ।

 

बाँकी अगुवाहरु कान्छाबहादुर, शीत्तलकुमार, आलोक, कञ्चन, प्रतिक, अध्यास, पुजा, अनिल, दिपेन्द्र शर्मा, रामसिं कमलप्रसाद, सागर र अनलमध्ये सहिद हुने आलोक, वेपत्ता हुने दिपेन्द्र शर्मा र आन्दोलनबाट निस्क्रिय रहने अनिलबाहेक अहिले को कहाँ छन् सबैले सहजै बुझ्न सक्छन् । के स्पष्ट छ भने बाँकी रहेकाहरु पनि जनयुद्धको बाटो र वर्गप्रतिको इमानदारितामा रहेनन् ।

 

विप्लवले पनि जनयुद्ध भन्दा पनि अर्कै भन्न थालेपछि जनयुद्धको इतिहासको उत्तराधिकारि छैनन् । आहुती जनयुद्धबाहिरका हुन, साईला जातीवादी सोच र चिन्तनको पृष्टभूमिबाट जनयुद्धमा आएपनि साम्रप्रदायिकता र शक्तिलाई जोडबल गर्ने व्यक्ति हुन् । बल्खु दरवारको प्रवेशद्वारसम्म पुग्दा पनि पत्तो नपाउनेहरु कत्तिका सचेत हुन् भन्ने सामान्य चेतनाले पनि ठम्याइने मान्छे भैहाले ।

 

नीतिमा दृढ, व्यवहारमा निष्ठावान को रहे र ? बरु आन्दोलनमा यस्ता बदमास पनि देखापरे कि नीति पवित्र हुन्छ तर व्यवहार विटुलो भैहाल्छ भन्नेहरु नेतृत्वमै रहिरहे । बिडम्वना के छ भने त्यस्ता बदमासले एमालेमा पुगिसक्दा पनि अहिले पनि माओको सहि बिचार र राजनीतिले नै सबै कुराको निर्धारण गर्छ भन्ने उदगार भन्न छोडेका छैनन् । माओवादी नीति र जनयुद्ध उठान गर्न गरि गरिएका प्रतिबद्धताको भ्रष्टिकरण गर्ने यस्तै मानिसहरु लागि परिरहेकै छन् ।

 

अहिले पनि माओवाद नै सबैभन्दा सहि र सर्वहारा वर्गको उच्च बिचार हो । माओवादी दर्शनमा आधारित युद्धनीति नै जनयुद्ध हो । प्रतिक्रियावादी सत्ता र वर्ग दबै यो दर्शन र युद्ध नीतिबाट त्रस्त छन् । यसैले आफ्नो लुटको संसार ध्वस्त पार्न सक्छ भन्ने बुझेर उनीहरुको युद्ध नीति तयार गरेका छन् । माओवाद उनीहरुको संसार कब्जा गर्ने दर्शन हो र जनयुद्ध सर्वहारा वर्गको राजनीति हो भन्ने उनीहरुले बुझेका छन् । वर्गप्रति इमानदार भएका भए सायद यी अगुवाहरुले पनि बुझ्थे होलान् ।

 

नेपाली जनयुद्ध बेग्लै विशेषतायुक्त थियो । नेतृत्व तयार नभएपनि बस्तुगत आवश्यकताले त्यो हुन पुग्यो । चीनको नक्कल थिएन, वाह्य निदेर्शित थिएन, स्वतन्त्र र आफ्नै खालको योजना अन्तर्गत चलेको थियो । हजारौं हजार घटनाहरुमध्ये एकाध पार्टी नीति बिरुद्धका घटनाहरु भुलचुक र केही नेतृत्वको खराव नीयत लुकाउने कुराले हुन पुगेका देखिएका छन् । त्यसलाई नेतृत्वतहबाटै माफीसहित कारवाही पनि गरिएका थिए । त्यही कुरालाई आधार लिएर अहिले पनि प्रतिक्रियावादीहरु गीत बनाएर गाइरहेका छन् । पछिल्लो समयमा आन्दोलनबाट बाटो बिराएका नेतृत्वहरुले त्यही गीतमा मन्द स्वरमा तालि दिन पो थालेका छन् ।

 

जनयुद्धकोलागि प्रतिबद्धता तयार गरे तर इमानदारिता भन्दा एकले अर्कोलाई फसाउने र नेतृत्व हत्याउने नियत ती नेतृत्वमा बढी अगाडि रहेको देखिन्छ । प्रचण्ड अस्वभाविक ढङ्गले नेतृत्वमा पुगेका देखिन्छन् । वैद्यले राम्रो नीयत राखेर प्रचण्डलाई अघि सारेको देखिंदैन । त्यतिबेला बादलले बिद्रोह गरेको सजायँ अहिले पनि भोगिरहेको जानिफकारहरु बताउछन् । सिनियरिटिको आधारमा त्यतिबेला नेतृत्व पाउनुपर्ने गौरवले नपाएको झोंक सँधै देखाएको र प्रचण्डको पेलाईले सँधै स्थान पाइराखेको स्पष्ट नै छ । प्रचण्डपथलाई नस्वीकार्ने एकमात्र उनी रहेको बुझेर पारित गराउँदा सर्वसम्मत नहुने भएपछि उनको अनुपस्थितिमा नै पारित गरिएको भन्छन् अहिले पनि केही नेतृत्वबाट नै ।

 

लालध्वजको त के कुरा थियो र ? उनी मसालको जिल्ला कमिटिबाट एकाएक सित्तलकुमारमार्फत केन्द्रीय सदस्यहँुदै एकताकेन्द्रको उच्च तह र खुल्ला मोर्चाको नेतृत्वमा नियोजित ढंगले पुर्‍याइएका मान्छे हुन् । बिचार र राजनीतिमा यी कहिल्यै कम्युनिस्ट नै थिएनन् । यस्तालाई नेतृत्वमा पुर्‍याएपछि माओवादी दर्शनको भ्रष्टिकरण हुनु र जनयुद्धलाई सहि बाटोबाट अन्यत्र मोड्नु स्वभाविक नै थियो । यी कम्युनिस्ट नै हैनन् भन्दै भित्रभित्रै प्रचारमा लाने र यिनैले नेतृत्व हत्याउँछन् भन्ने डर देखाउँदै प्रचण्डले शक्तिलाई केन्द्रीत गरेर अरुलाई पेल्ने हतियार लिइराख्न पाए, अनि त्यसको दुरुपयोग पनि चरम रुपमा गर्न पुगे भन्ने सबैलाई जानकारि नै छ ।

 

जनयुद्ध शुरु गर्दा पनि प्रचण्ड त्यसप्रति इमानदार थिएनन् भन्ने कुरा उनले मदन भण्डारिलाई भेटेको मात्र भए पनि सायद जनयुद्ध हुँदैनथ्यो होला भन्ने भनाइले पुष्टि गर्दछ । र लालध्वजले यो राजनीतिक पार्टीमा नेतृत्व कसरि लिने भन्नेबाहेक अरु कुरा केही नसोचेको देखिन्छ । नेतृत्व नै प्रचण्डले नछोड्ने भए भन्दै अन्तिममा उनी पन्छिएको कुराले जनयुद्ध र वर्गीय मुद्धा भन्दा यिनको नेतृत्व लिने तिर्खा कहिल्यै नहटेको कुराले प्रष्ट गरिरहेको छ । जनयुद्ध सफल हुन्छ भन्ने भन्दा पनि त्यो असफल नै हुने र त्यही बाहानामा उनलाई नेतृत्वबाट खुर्मु¥याएर आफू पुग्ने दाउको रुपमा मात्र लिएका थिए भन्ने स्पष्ट नै छ ।

 

लामाको नेतृत्व पुरै हटदा पनि जनयुद्ध पारित हुन नसक्ने स्थितिमा जनयुद्ध हुने कुरामा कोही ढुक्क भएको देखिंदैन । बहुमत गराउन सचेत पहलका लागि तत्कालिन नेतृत्व धन्यवादको पात्र होलान् तर अनुसन्धान र परिणालाई हेर्दा नियत पहिलादेखि नै राम्रो राखेको देखिंदैन ।

 

छलफल गरौं भनेर एकजना मीत्र आए, आफ्ना कुरा राखे । चियापसलमा अनौपचारिक छलफलमा मैंले यी भनाई राखे तर उनले आपत्ति जनाउँदै थिए— पुष्टि गर्नसक्ने कुरा मात्रै गर्नुपर्छ । अवश्य पनि सहि कुरा हो उनको । मैले सहि हो भन्ने जवाफ नैं दिएँ । वैद्य, गौरव, विप्लव र बाहिरपट्टिबाट ऋषिराज बराल, रोशन जनकपुरि लगायतमा अलिकत्ता वर्ग इमानदारिता देखाईरहेका छन् तर जनयुद्धको बाटोबाट पन्छिन खोज्दा त्यो इमानदारिताले काम नगर्ला जस्तो छ । यो भन्दा पनि उनी धैर्य नै थिए । अव पनि सहि बाटो माओवाद र जनयुद्ध नै हो र नयाँ जनवादी क्रान्तिप्रति न्युनतम् कार्यक्रम बनाएर अघि बढ्नुको बिकल्प छैन भन्दा उनी अल्लि उत्तेजित हुँदै बाहिरिए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top