श्रीमानविरुद्ध जबर्जस्ती करणी मुद्दा

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १२ गते सोमवार कञ्चनपुर

 

श्रीमानविरुद्ध भीमदत्तनगरपालिका–२ भाँसीकी मञ्जु बडालले जबर्जस्तीकरणी मुद्दा प्रहरीमा दिएकी छन् ।

 

श्रीमान् डम्बर जोशीले जबर्जस्ती यौनसम्पर्क राखेको भन्दै मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । ‘‘मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरेका छौँ,’’ उनले भने । सोमवार मुद्दा दर्तापछि डम्बरलाई पक्राउ गरिएको छ ।

मुलुकी संहिता लागू भएपछि यस्तो प्रकारको घटना पहिलो पटक आएको उनको भनाइ छ । अपराध संहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसूरको दफा ९४० को उपदफा ९३० मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरे पाँच वर्ष कारागार सजायको व्यवस्था छ । उक्त व्यवस्थानुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ओझाले जानकारी दिए । (रासस)

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top