खेलकुद क्षेत्रमा युवा व्यवसायीहरुको सहयोग

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १२ गते सोमवार सिन्धुली

 

व्यापार व्यवसायबाट कमाएको केहि रकमलाई सामाजिक कार्यमा लगानी गरी युवालाई सामाजिक कार्यतर्फ उत्प्रेरित गर्ने उद्धेश्यका साथ स्थापना भएको युवा व्यवसायि क्लब सिन्धुलीले खेलकुद क्षेत्रमा पनि सहयोग गरेको छ । सोमबार क्लबले दोश्रो मोहनविक्रम थापा स्मृति कप फुटबल प्रतियोगिताको आयोजक भिमान युवा क्लबलाई ५० काटुन् मिनिरल वाटर र ५ केजि ग्लुकोज हस्तान्तरण गरेको छ । जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि समाजसेवी उज्जवल विक्रम थापा र भिमान युवा क्लबले देखाएको सराहनिय काममा जोडिन पाउनु खुशीको कुरा भएको क्लबका अध्यक्ष संजिव सुन्दासले बताए । त्यसैगरि, सुन्दासले आगामी दिनमा युवा व्यवसायीहरुले जिल्लाको खेलकुद क्षेत्रमा अझै धेरै काम गर्ने पनि बताए ।

 

युवा व्यवसायि क्लवले हरेक महिना बिशेष कार्यक्रम गर्दै आई रहेको छ । हालै स्थापना भएको क्लवले यस अगि आगलागी पीडितलाई सहयोग, रक्तदान लगाएत विभिन्न समाजसेवाको कार्यक्रम गर्दै आएको छ ।

 

विभिन्न व्यापार व्यवसाय गर्ने सिन्धुलीका युवा व्यवसायि क्लवले व्यवसाय बाटआर्जन गरेको केही रकम सामाजिक कार्यमा लगाउने अठोटका साथ सहयोग गर्दै आएको क्लबका सदस्य नबिन श्रेष्ठ श्रेष्ठले बताए । सवैले सकेको सहयोग गर्दा समस्यामा परेका जिल्लाबासीले केही भएपनी राहत पाउने र सामाजिक काम गर्दा आनन्द आउने हुदाँसदैव सहयोगी बन्न युवाहरुलाई व्यवसायीहरुले आग्रह गरेका छन् । युवा व्यवसायि क्लवमा ४० जना युवा व्यवसायिहरु आबद्ध रहेका छन् ।

 

सामाजिक कार्यमा युवा व्यवसायीका केहि तस्बिरहरुः

 

 

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top