कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक ९ गते शुक्रवार काठमाडौं

 

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

केन्द्रीय अनुसन्धान ब्युरो(सिबिआई) का दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा गान्धीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विषयमा कांग्रेसले प्रदर्शनको आयोजना गरेको थियो ।

 

सरकारले बर्मा र सिबिआईका बिशेष निर्देशक राकेश अस्थानाबीच बिवाद बढेपछि दुवैलाई छुट्टीमा पठाएको जनाएको छ । अस्थानालाई सिबिआईले घुस लिएको भन्दै अभियोग लगाएको छ ।

 

तर विपक्षी दलले फ्रान्सबाट लडाकु बिमान खरिदमा भएको घोटालाको विषयमा सिबिआईले छानविन शुरु गरेपछि सरकारले बर्मामाथि कारवाही गरेको जनाएको छ ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top