सिन्धुली गढीको गुरुयोजना हस्तान्तरण, यस्तो बन्दैछ सिन्धुलीगढि भिडियो सहित

मेघराज पहाडी २०७५ कात्तिक ८ गते बिहीवार सिन्धुली

 

गैरआवासयि नेपाली संघ (एनआरएनए) का अध्यक्ष भुवन भट्टले एक कार्यक्रमकाबिच प्रेस विज्ञप्ती जारी गर्दै कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीलाई सिन्धुलीगढी पुनःनिर्माण गुरुयोजना हस्तान्तरण गरेका छन् ।

 

सिन्धुली गढी जिर्णोद्धार एवं पुनःनिर्माण गुरुयोजना सम्बन्धित पक्षसँग छलफल गरि तयार पारिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

 

कार्यक्रममा अध्यक्ष भट्टले भने, ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार’ भन्ने गीत सुने सिन्धुलीगढी घुम्न पुग्दा दरबारै नरहेकाले गढी पुनःनिर्माण कार्यलाई ढिलोमा २ वर्ष भित्रै सम्पन्न गर्ने बताएका थिए ।

 

त्यसैगरि कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले गैर आवासीय नेपाली संघ र यस अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न सबैलाई धन्यवाद दिएका छन् ।

 

कुल १६ करोड लागत मध्य नगरपालिकाले १० करोड रुपैँया जम्मा गर्न तयार रहेको समेत उनले बताए । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य मनोज जंग थापाको पहलमा गुरुयोजना निर्माणको कामले शुरुवात पाएको थियो ।

 

यस्तो बन्दैछ सिन्धुलीगढि :

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top