केही धर्महरु र शिक्षाहरु

बिनोद दाहाल २०७५ असोज ३० गते मंगलवार विचार

 

मानिसले जे शिक्षा पाउछन् त्यस्तै व्यवहार गर्ने गर्दछन् । वैज्ञानिक शिक्षा पाएकाहरुको विज्ञानसम्बत व्यवहारहरु हुन्छन् भने नपाएका वा अज्ञानीहरु परम्परावादी शिक्षा पाएका हुनाले परम्परावादी व्यवहार नै गर्ने गर्दछन् । सोच्नु नपर्ने, चिन्तन गर्नुनपर्ने भएकाले सजिलै व्यवहार गर्नेहरुलाई रुढीग्रस्त मानिस भनेर भन्ने गरिन्छ । यस्ता मानिसहरु परम्पराका दासी जस्ता देखिन्छन् । यसले एउटा सम्प्रदायको निर्माण गरेको हुन्छ । रुढीग्रस्त सम्प्रदाय सामाजिक समस्याको रुप लिन पुग्दछ । यस्ता सम्प्रदायका मानिसलाई समाज विकासमा अवरोधकको रुपमा बुझ्नेसमेत गरिन्छ । यस्ता मानिसहरुको जग हमेसा धार्मिक शिक्षाहरु हुने गरेका छन् ।

 

मानिसले धार्मिक कार्यहरु धार्मिक शिक्षाका कारणले गरेका हुन्छन् । संसारमा धर्महरु धेरै छन् र मानिसका व्यवहारहरु पनि थरिथरिका छन् । आम मानिसमा के छाप परेको हुन्छ भने धार्मिक कृयाकलापमा लगायो भने आफ्ना छोराछोरिहरु अनुशासित हुन्छन् । त्यहि भएर धार्मिक स्थलतिर डोहोर्‍याउने गर्दछन् र धार्मिक कृयाकलाप गर्नतिर लगाउने गर्दछन् । उनीहरुलाई लागेको हुन्छ धर्मले सत्य सिकाउछ र मानिसलाई अनुशासनमा राख्दछ । सायद उनीहरुलाई यो कुराको जानकारी नहुन सक्छ कि बालबच्चाहरुलाई हुँदै नभएको कुरा खोज्न लगाउदा र केही पनि प्रतिफल प्राप्त नहुने कुरामा उनीहरुलाई फसाउदा उनीहरुको मानसिकतामा नकारात्मक प्रभाब परेको हुन्छ । बिचराहरुलाई के थाहा कि अनावश्यक ध्यान अर्थात चिन्तन र निस्काम कर्म कति खतर्नाक हुन्छ । उनीहरु यत्ति पनि बुझ्न सक्दैनन् कि यसकुराले उनीहरुका बालबच्चा कति कमजोर हुन्छन् र उनीहरुलाई खराबीले कतिसम्म प्रयोग गर्न पुग्दछन् ।

 

अभिभावक जस्तै हुन् सामाजिक अभियान्ता र राजनीकि नेतृत्व पनि । अवैज्ञानिक कामकुरा र धार्मिक कृयाकलापले उनीहरु पनि निकम्बा बन्न पुगेका छन् । उनीहरुले मान्ने त्यस्ता मान्यताले सामाजि अभियान्ता मात्र हैन, राजनीतिक नेतृत्वलाई पनि प्रभावमा पारेको छ । कम्युनिस्ट नेता हौं भन्दै हिंड्नेहरु अचेत आमा बाउले आफ्ना बच्चालाई सिकाए जस्तै जनतालाई धार्मिक कृयाकलाप गरेर पगलत प्रभावमा पारिरहेका छन् र गलत शिक्षा दिइरहेका छन् । धर्मले सत्य सिकाउदैन भन्ने कुरा ती मानिसले भन्दैनन् वा भन्नै सक्दैनन् । अहिले पनि हाम्रो जस्तो देशमा सचेत पक्षको दवावमा धर्मनिरपेक्षता आयो तर खराब र बदनियतका नेताहरुले त्यसको गलत अर्थ लाग्नेगरि व्यवहार गरिरहेका छन् । पाठपुजा, आरती, दान, यज्ञ, होम, आंशिक जस्ता कृयाकलापमा मात्र छैनन् जोखाना हेर्न धाउने गरेका छन् र अदृष्य शक्तिलाई मानिरहेका छन् । धर्मले जे सिकाउछ उनीहरु पनि त्यही सिकाइरहेका छन— झुठ र भ्रम ।

 

धर्ममा सत्याता हुन्छ कि हुन्न भनेर आम रुपमा वहस हुने गरेको छैन, थोरैले यसबारेमा बोल्ने साहस गरिरहेका छन् । केही शताब्धि अघिसम्म धर्मबारेमा शंका गर्नुलाई अपराध मानिन्थ्यो र सजायँको व्यवस्था मिलाएका थिए । यही क्रममा धेरै विद्वान र वैज्ञानिकहरुसमेत मारिएका थिए । अदृष्य शक्तिमाथिको विश्वास हटेर विज्ञानमा विश्वास गर्ने मानिसहरुको बोलवाला बढ्दै गएपछि अहिले मानिसले धर्मको बारेमा खुलेर बोल्न सक्ने भएका छन् । पिछडिएको समाजमा अहिले पनि यो डरको स्थिति छँदैछ । मुस्लिम समाजमा अहिले पनि धर्मको खण्डन अधिकारबाट मानिस बञ्चित नै छन् । कैयौं मानिसहरुलाई मस्जिदबाट ज्यान लिने निर्णय भैरहेका छन् ।

 

मानिस बीचमा लामो समयदेखि धर्म गढेर बसेको छ र यसकारण धर्ममा शंकासमेत नगर्ने बानी परेको हुन्छ । त्यसैले आम मानिसले धर्मको सत्यताबारे जाँच्ने र बुझ्ने अवशर गुमाएका हुन्छन् । समाजमा थोरै मात्रै मानिसमा धर्मको सच्चाई नाप्ने क्षमता राख्ने अवशर पाउने गरेका छन् । यस्तो अवशर पाएपनि मानिसमध्ये थोरैले मात्र यसलाई सदुपयोग गरिरहेका छन् ।

 

एउटा सचेत मानिसले अहिले सहजै भन्न सक्छ कि धर्मले सत्यताको वकालत गर्न सक्दैन । एउटा सभ्य र साम्यवादी समाजले धर्मलाई अस्वीकार गर्छ । धर्म मानबोचित पहिला पनि थिएन र अहिले पनि हुन सक्दैन । यो असत्य झुठ र भ्रमसिवाय केही होइन । यो मानिसलाई नियन्त्रणमा राख्न शासक र शोषित वर्गले निर्माण गरेको बुख्याँचा सिवाय केही पनि हैन । धर्मले मानिसलाई सत्यको नजिक पु¥याउन सक्दैन मात्रै हैन, यसले त मानिसलाई विज्ञानको बाटोमा जान रोक्ने दुस्प्रयास गर्दछ । धर्म अज्ञानी र पिछडिएको समाजमा गढेर बसेको पीलो जस्तै हो । धर्मले यो वर्गीय समाजमा शासक र शोषक वर्गको सेवा गर्दछ र हीतको वकालत गर्दछ । धर्मले मानिसलाई अन्धकार भविष्यतिर डोहो¥याउने प्रयत्न गर्दछ । यसले मानिसलाई उल्टो बाटोमा लाग्न प्रोत्साहित गर्दछ । धर्मले मानिसलाई युगौंदेखि उल्टो तरिकाले हिंड्न सिकायो । त्यसैले समाज उनीहरु इच्छातिर पनि कहिले डोहोरिएन र मानिसको हीतको राज्य व्यवस्था मिलाउने गरि पनि जान सकेन बरु समाज विकासको नीयम अनुसार र बस्तुगत आवश्यकताले आफ्नै गतिमा अगाडि बढ्दै गयो । धर्म र प्रतिक्रियावादी सत्ताधारिहरुले नचाहदानचाहँदै पनि समाज दास युग, सामन्ती युग, पुँजीवादी युग पार गर्दै अहिले समाजवादी युगमा प्रबेश गरेको छ ।

 

विश्वमा बिभिन्न धर्मको प्रभाव देखिन्छ । केही हजार वर्षअघिदेखि मात्र समाजमा मान्यताको रुपमा धर्मलाई अघि सारिएको पाइन्छ । वर्गीय समाजलाई व्यवस्थित गर्न र शासकको स्थिति मजबुत पार्न धर्मलाई मान्यताको रुपमा अघि सारिएको पाइन्छ । शासकहरु फरकफरक अवस्था र परिवेशमा रहेका हुनाले धर्मको पनि त्यहि अनुसारको फरकपन देखिन्छ । सबै मानिसले एउटै धर्म मानेको कहिल्यै र कहिंकतै भेटिंदैन । इतिहासमा पहिलो पटक रोम सम्राटले इटलीमा राज्यले इसाइ धर्मलाई स्वीकारेको वा धर्मको जालमा राखेको मानिन्छ । त्यस अघिसम्म दास मालिकको अरनखटनमा मानिस नियन्त्रित थिए ।

 

हामी बाँचेको समय मानिसका कृयाकलापहरु धर्मद्वारा निर्देशित छ र मानिसका कृयाकलापहरुमा यो देखिन्छ । संसारमा धेरै धर्महरु छन् र मानिसका धर्ममा आधारित धेरैधरिका कृयाकलापहरु देखिन्छन् । प्रायः सबैले आफ्ना कृयाकलापहरु सहि, सत्य, न्यायिक र मानवहीतको हुन्छ भनेर ठानेका हुन्छन् । यसबाट उनीहरुको बीचमा बहुसत्यको दृष्टिकोण निर्माण पनि भएको छ । यसले मानिसका बीचमा भ्रम सृजना गरिरहेको छ । यसले गर्दा मानिसलाई न्याय गरेको छैन, मानिसको हीतमा काम गरिरहेको छैन र मानिसको मानबोचित व्यवहार पनि भैरहेको छैन । त्यसैले मानिस धर्म बारेमा परिचित हुनु आवश्यक छ । केही धर्महरु बारेको छोटो परिचय लिनु सबैको आवश्यकता छ भन्ने ठानेर यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

 

सबै धर्ममा के समानता छ भने अदृष्य शक्ति छ, परमेश्वर वा परमात्मा छ, उसको शक्ति र इच्छाले यो सारा संसार वा ब्रम्हाण्डको सृष्टि भएको हो । यहाँ सबै बस्तुहरु त्यही शक्तिबाट सञ्चालन भैराखेको छ । यो संसार प्रकृति, समाज र मानवद्वारा केही पनि हुन सक्दैन । उसैको अध्यात्मिक चेतनामार्फत नै सारा कार्यहरु हुनेगरेका छन् । बिडम्बना के छ भने सबै धर्म सम्प्रदायका मानिसले आफ्नो आफ्नो धर्मकै संसारमा प्रभाव हुनु पर्छ भन्ने ठान्दछन् ।

 

मानिसले धर्मदेखि स्वतन्त्रता र निपेक्षतासम्म रोज्न पुगेका छन् । धर्म जुनसुकै पनि जढ हुन्छ । स्वतन्त्रता धर्मको उलंघन हो । अझ धर्म निरपेक्षता भनेको त धर्मलाई निरुत्साहित गर्नु हुन्छ । धर्म मान्ने चेतना मानिसको अज्ञानता र पिछडिएको अवस्था हो । अधिकांश मानिसलाई धर्मप्रतिको विश्वास रहेको हुँदैन, विज्ञानप्रति मानिसको विश्वास रहेको हुन्छ । अर्थात कोही मानिस पनि सीताको अग्नी परिक्षा जसरि विश्वस्त हुन सक्दैनन् तर फलामको वाकस अर्थात प्लेन चढेर ७ समुद्र पारि जान मानिस तयार हुन्छ । धर्म र ज्ञान तथा विज्ञान ठिक विपरित पक्ष हो । मानिसलाई धार्मिक हुने इच्छा कसैमा देखिंदैन । धर्म शासक र शोषक वर्गको बलपुर्वक प्रयोगमा ल्याईएको ढण्डासिवाय केही हैन भन्ने साराले बुझ्न थालिसकेका छन् । धर्मले हमेशा जात तथा क्षेत्रीय समुदायको सम्प्रदाय बनाउने नियत राखेको हुन्छ र यो मानिसको लागि अत्यन्तै घातकहुन्छ तथा विवेकहीन भएर व्यवहार गरिरहेको हुन्छ । शासक तथा शोषक वर्गको लागि भ्रम, साम्प्रदायिक समुहहरु, फुट, बिघटन गरेर उनीहरुको स्वार्थमा लाग्न धर्मले सहयोग पु¥याउछ । र, मानिसलाई अन्धविश्वास, असत्य र भ्रमको जालोमा बन्धि बनाएर राख्ने साधन धर्म नै हो । धर्मलाई साम्राज्यवादी तथा विस्तारवादीहरुले प्रयोगमा ल्याएर समाजमा बिभाजन गरिरहेको र बिघटनतिर पु¥याएको अहिले पनि सजिलै देख्न सकिन्छ । स्पष्ट छ, धर्मलाई बढावा गरिरहेको देख्दा भन्न सकिन्छ कि धर्म प्रतिक्रियावादी वर्गको हतियार हो ।

 

हिन्दूधर्म ः ४५ सय वर्ष अगाडि आर्य जातीको तेश्रो समुह अहिलेको अफगानिस्थानदेखि पुर्वतिर हिमालयको दक्षिणी भागमा फैलिन शुरु गरे । सम्भवतः मेसोपोटामियाको सभ्यताबाट सिकेका र फलामको आविस्कार गरिसकेर प्रबिधिले सम्पन्न यो जाती थियो । यसै भुभागमा ७ हजार वर्ष अघिदेखि आएका द्रबिड र त्यसअघिका फिरन्ते कोल, भेल, सन्थाल आदि समुदायसँगको समिप्यमारही आर्यहरुले बसोवास गर्नथाले । यो जातीका शासकले आफूलाई व्यवस्थित गर्न नीयमहरु बनाए । यसलाई पछि ऋगबेदको नामले चिनाए । हिन्दू धार्मिक सम्प्रदायका मानिसहरु यसैलाई आफ्नो धर्मको आधारको रुपमा लिने गर्दछन् । केही शताब्दिपछाडि आफू शक्तिमा आएपछि यी शासकले (२६—२७ सय वर्षअघितिर) अनार्य अर्थात द्रबिडमाथि विजय प्राप्त गर्नु पर्ने बुझेर लडाईं गरे । यो लडाईंमा विजय भएपछि शासनव्यवस्थाका तौरतरिकाहरु बदले । यसले त्यो हिन्दु धर्ममा पनि परिवर्तन गर्न पुगे । रामले बनाएको नियम अनुसार चलेको नियमलाई धर्मको जलप लगाइयो । त्यसपछिको बेला राज्य सञ्चालनमा समस्या आएपछि आफूहरुबीचमा भएको संघर्षपछि फेरि यसको रुप बदलिन पुग्यो । महाभारतको रचना भयो, पुराण तथा उपनिषद लेखिए र मनुस्मृति ग्रन्थसमेत तयार पारियो । यो समाजमा दादियो । सारा हिन्दु धर्म त्यसैमा आधारित छ । युद्ध, पक्षपात, क्रुरता दमनबाट यो धर्मको निर्माण भयो । यसको महावीर सिद्धार्थ गौतमले बिद्रोह गरे । बिद्रोहीहरुको पनि आआफ्नो समुदायहरु बने । महावीरले बनाएको जैन धर्ममा समाज सुधारका धेरै पाटा पक्ष छन् । सिद्धार्थ गौतमले बनाएको बुद्ध धर्ममा भने परमेश्र वा दैवी शक्तिको स्थान छैन, यसमा मानवतावाद र शान्तिको मार्ग देखाउने प्रयास भएको देखिन्छ ।
इसाई धर्म ः इसामसिहबाट शुरुवात भएको इसाई धर्म अहिले दुई सहश्राब्दिको भयो । परमेश्वरको दुतको रुपमा उनको जन्म भएको मिथक बनाएर यो धर्मको निर्माण गरिएको हो । ख्रिस्ट र जिससको शिक्षाको रुपमा इसाई धर्मलाई चिनिन्छ । मध्यपुर्वबाट यो धर्म फैलियो र धेरै शताब्दिपछि इटलीका शासकले यो धर्मलाई राज्य धर्मको रुपमा लिए र विश्वव्यापी बनाए ।

 

डा. मंगलमान महर्जनले इसाइ धर्ममा सत्यता रहेको पुस्तकमार्फत बताएका छन् । धर्महरुले के सिकाउछन् ? भन्ने पुस्तकमा उनी भन्छन, बाइबल परमेश्वरको आत्माको प्रेरणाद्वारा लेखिएको हो र यसमा कुनै कुरा झुठ छैन । मानिस आफ्नै कोशिशद्वारा स्वधर्मी बन्ने इच्छा परमेश्वरको इच्छा बिपरित हुन्छ भन्छन् उनी । उनको पिरलो के छ भने संसारमा मानिसहरु अब बाइवलले सिकाएको धर्म्बिरुद्ध अरु धर्महरुसँग संझौता गर्ने भए । उनका अनुसार इसाई धर्म्बिरुद्ध शिक्षा दिने समुह वा सम्प्रदायहरु शुरुदेखि नै थिए र अझ फैलिरहेका छन् । जेहोवाज विट्नेस्, मोर्मान, सेभेन्थ डे आडभेन्टिस्ट, ख्रीष्टको मण्डली (चर्च अफ क्राइस्ट), ख्रिस्टियन साइन्स्, युनिटारियनिज्म (मानवताको धर्म) आदि सम्प्रदायले इसाई धर्मबिरुद्ध छन् र गलत शिक्षा दिइरहेका छन् । जेलाई उनले इसाई धर्म र सत्य मानेका छन् त्यो पनि सारमा नै सत्य, न्याय र मानवचित छैन । सायद त्यो कुरा उनी बुझ्न सक्दैनन् किनकि धार्मिक दृष्टिकोणले स्पष्ट देख्न सक्दैन, भ्रमहरु फैलाउछ, अन्यायको पक्ष लिन्छ र मानवको हीतमा काम गर्दैन ।

 

इस्लाम धर्म ः अरेवीयाको मक्का भन्ने शहरमा ईश्वी सन् ५००मा जन्मेका महम्मदले प्रतिपादन गरेको धर्म सम्प्रदायलाई स्लाम धर्म भनेर चिनिन्छ । उनले २५ वर्षको हुँदा खादिजा नामकी एक धनी विधवासँग विवाह गरे । एकान्तमा टहलिने र ध्यानमग्न हुने उनको लक्षण र चिन्तनले बिलक्षण रुप लिन पुग्यो । यसले त्यातिबेलाको समाजमा खैलाबैला मच्चायो र बिथोल्न थाल्यो । यसले निर्माण गरेको अस्तव्यस्ततालाई नियन्त्रण गर्न उनले ध्यानमा रहेको बेला स्वर्ग दुत अर्थात ग्राबियललाई देखे, भेटे र उनलो केही आज्ञाहरु गरेको बताए । उनले यसको चर्चा गर्नथाले । त्यसैलाई पवित्र पुस्तक कुरान भनियो । उनका अनुयायीहरुले यसलाई पबित्र रुपमा बुझ्न र अपनाउन थाले । मोहम्मदले आफूलाई ईश्वर हुँ भनेर दावी नगरे पनि भविक्ष्यबक्ता र आलौकिक शक्तिको मानिस हुँ भनेर बताए । २२ वर्षको अन्तरालमा अल्लाहाले उनलाई ईश्वरिय प्रकाश दिएको बताएर स्लाम धर्मको रुपमा पु¥याए । स्लामको अर्थ हुन्छ ईश्वरप्रति समर्पित हुनु हो । यो धर्ममा पनि अनेकथरिका सम्प्रदायहरु बनेका छन् । सबै सम्प्रदायका उनीहरु सबैले आफूलाई सबैभन्दा सत्य रहेको भ्रममा छन् ।
हामीले सोच्नु पर्छ कि मानिसलाई केके सिकाए राम्रो हुन्छ ? सहि बिचारको मानिस बनाउन मानिसले नै प्रयास गरिरहेका छन् । यसको लागि बिभिन्न बिद्वानहरुका साथै वैज्ञानिक ढङ्गले नै माक्र्सदेखि माओत्सेतुङसम्मले सशक्त प्रयास भएको हामी पाउछौं । माओत्सेतुङले एउटा सशक्त निबन्ध लेख्नुभएको छ— सहि बिचार कहाँबाट आउछ ? निबन्धको सारमा के छ भने सहि बिचार मानिसमा प्रकृतिसँगको संघर्ष, समाजमा वर्ग संघर्ष र विज्ञान तथा प्रबिधि तथा शोधबाट प्राप्त ज्ञानबाट नै सहि बिचार आउछ । जो कोहिले पनि आफ्ना आफन्तलाई सहि ज्ञानगुनले युक्त बनाउने हो भने मन्दिर तथा धार्मिकस्थलतिर हैन र धार्मिक क्रियाकलापतिर लगाउने हैन सहि त्रिचार प्राप्त हुने विज्ञानसम्बत बाटोतिर लिएर जानु जरुरी छ ।

 

सचेत मानिस सबैलाई थाहा छ कि दास मालिकले आफ्नो मर्जीले द्रवी शक्तिको भ्रम दिएर मानिसमाथि अधिपत्यता जमायो । त्यो स्थान सम्पत्ति र शक्तिको आढमा राजा, महाराजा र सम्राटहरुले लिए र अहिले त्यो स्थान पुँजीको शक्ति र त्यही वर्गको स्वार्थमा कानुन राज हुँदै पुँजीको आधिपत्यतामा सरेको छ । अहिले त त्यसलाई पनि उछिनेर विज्ञानमा आधारित समाजवादको खोजीमा मानिस लागि परेका छन् । त्यसैले मानिसले अहिले धर्मको बारेमा बोल्ने अधिकारसम्म पाएका हुन् । र, पुँजी सर्वशक्तिमान भएपछि यो समय पुँजीको नीजि स्वामित्वको बारेमा खण्डन गर्ने अधिकारबाट मानिसलाई निषेध गरिएको छ । समाजवाद खोज्नेहरु त्यो बिरुद्ध संघर्ष गरिरहेका छन् । मानिसले आफ्नो हीतको राज्यव्यवस्था वैज्ञानिक समाजवाद हुँदै साम्यवाद हो भन्ने बुझेको अवस्थामा धर्मलाई झैं पुँजीलाई मान्नुपर्ने वाध्यतामा राखिएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top