कमलामाई नगरपालिका शिक्षक महासंघको अध्यक्षमा थापा

सिन्धुली साैगात संवाददाता २०७५ असोज २३ गते मंगलवार सिन्धुली

 

 

नेपाल शिक्षक महासंघ कमलामाई नगरपालिका सिन्धुलीको प्रथम नगर अधिवेशन सोमवार सम्पन्न भएको छ ।

 

अधिवेशनले सर्वसहमत रुपमा भिम विक्रम थापाको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । प्रथम अधिवेशनबाट जनज्योती माध्यमिक विद्यालय फोस्रेटारका प्रद्यानाध्यापक थापा सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो ।

 

समितिमा टंक प्रसाद तिमल्शिना सह अध्यक्ष, सुखदेव न्यौपाने उपाध्यक्ष, विवेचना थापा महिला उपाध्यक्ष, हरी बहादुर थापा सचिव, राम कुमार थापा सहसचिव, बासिका भुजेल महिला सहसचिव, जनार्दन कोइराला अर्थ सहसचिवमा चयन हुनुभएको छ । सदस्यहरुमा नारायण बराल, लक्ष्मि बराल, उद्धव कुमार श्रेष्ठ, विना थापा, कृष्ण दाहाल, शम्भु परियार, शेर बहादुर तामाङ, लक्ष्मि भण्डारी, दाताराम बराल र शेष कुमार श्रेष्ठ चयन भए ।

 

अधिकार र कर्तव्यका लागी शिक्षक एकता भन्ने मुल नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामेश्वर दाहालको अध्यक्षता तथा प्रदेश सांसद विनोद खड्काको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी अधिवेशनको उदघणटन गरिएको थियो । कार्यक्रममा प्रदेश सांसद खड्काले शिक्षक आँफैमा भएका कमीकमजोरीलाई सुधार गदैँ गुणस्तरीय शिक्षा प्राप्तीका लागी नयाँ नेतृत्वको अहमभुमिका रहने बताए  । शिक्षकले आफ्नो अधिकार खोज्दै गर्दा कर्तव्य र जिम्मेवारीलाई पनि भुल्न नहुने उनको सुझाव छ ।

 

कार्यक्रममा कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, राजनितीक दल, शिक्षक संगठनका प्रमुख तथा प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक सँघ र एकिकृत अखिल नेपाल शिक्षक संगठनले सँयुक्त रुपमा आयोजना गरेका थिए ।

 

त्यस्तै कार्य समिती सदस्यहरुमा नारायण बराल, लक्ष्मी बराल, उद्धवकुमार थापा, विन्दा थापा, कृष्ण दाहाल, शम्भु परियार, शेरबहादुर तामाङ, लक्ष्मी भण्डारी र शेषकुमार श्रेष्ठ रहेका छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top