शैक्षिक गुणस्तर बढाउन २ करोड ६५ लाख बजेट विनियोजन

राधिका बुढाथोकी २०७५ असोज ३ गते बुधवार सिन्धुली

 

चालु आर्थिक वर्ष ०७५/७६ मा शैक्षिक गुणस्तर बढाउनका लागी सिन्धुलीको मरिण गाउँपालीकाले २ करोड ६५ लाख बजेट विनियोजन गरेको छ । मरिण गाउँपालीकामा रहेका ४८ वटा विद्यालयको गुणस्तर बढाउन उक्त रकम विनियोजन गरिएको गाउँपालीका अध्यक्ष पानीराज बम्जनले जननकारी दिए ।

 

विनियोजन गरिएको बजेटलाई कार्यान्वयन तहमा पुर्‍याउन चाडै शिक्षक महासंघको प्रतिनिधि, राष्ट्रिय मान्यता प्राप्त पार्टीको नेतृत्व तह र सरोकारवाला संघसंस्थाहरुसँग छलफल गरिने अध्यक्ष बम्जनको भनाई छ ।

 

गाउँपालीकामा रहेका ४८ वटा विद्यालयमा २९ वटा बाल विकास शिक्षीका रहेको र बाँकी विद्यालयमा पनि बाल विकास शिक्षीका नियुक्ति गर्ने तयारी भएको उनले बताए । एउटा पनि राहत वा दरबन्दी नभएको र अनुमति प्रात विद्यालयलाई मासिक १५ हजार रकम उपलब्ध गराउने निर्णय भएको पनि बम्जनले जानकारी दिए । १ देखी ५ कक्षा सम्म संचालन भएको र एउटा मात्र दरबन्दी भएको विद्यालयलाई १५ हजारको दरले थप १ जना शिक्षक व्यवस्था गरिएको उनको भनाई छ ।

 

यस्तै निम्न माध्यमिक विद्यालय संचालन भएको तर नि.मा.वि तहको शिक्षक एउटा पनि नभएको हकमा १८ हजारको दरले र माध्यमिक विद्यालय संचालन भएको तर मा.वि तहको शिक्षक एउटा पनि नभएको हकमा २२ हजारको दरले बजेटको व्यवस्था गरिएको गाँउपालिकाले जनाएको छ । गाउँपालिकामा रहेको एक प्राविधिक शिक्षालय १० लाख रकम छुट्याईएको बताइएको छ ।
मरिण प्राकृतीक स्रोत व्यवस्थापन क्याम्पसको शिक्षण सिकाईको निम्ती भवन अभाव भएकाले मरिण बहुमुखी क्याम्पसको टपमा एउटा ट्रस निर्माण गर्ने योजना रहेको पनि गाँउपालिका अध्यक्ष बम्जनको भनाई छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top