निर्णय फिर्ताको माग गर्दै शिक्षक संगठनको संयुक्त विज्ञप्ती

सिन्धुली साैगात संवाददाता २०७५ भदौ ११ गते सोमवार सिन्धुली

 

गोलञ्जोर गाँउपालिकाले गरेको निर्णयको फिर्ताको माग गर्दै दुई शिक्षक संगठनले विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले सोमवार संयुक्त विज्ञप्ती निकाल्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो ।

 

गाँउपालिकाले भदौ ७ गते पेशागत संगठनहरुको मर्यादायमा आँच पुग्ने खालको निर्णय गरेको भन्दै उनिहरुले बैठकमा सहभागी गराउनु पर्नेसमेत बताएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘विद्यालयमा गाँउपालिकाको शैक्षिक हस्तक्षेप बन्द गरि विद्यालयलाई दिइने शैक्षिक अनुदान विद्यालयको वास्तविक अवस्था र शिक्षकको मौजुदा अवस्थालाई हेरेर मात्र वितरण गरिनु पर्दछ ।’

 

त्यस्तै श्रोत व्यक्ति माथिको हस्तक्षेप बन्द गर्दै शिक्षक दरबन्दी मिलानमा शिक्षकका पेशागत संस्थाको समान प्रतिनिधित्व र समावेशीको आधारमा हुनुपर्ने माग गरेका छन् ।
बाल विकास, विद्यालय कर्मचारी र विद्यालयका सहयोगी, कर्मचारीलाई पोशाक भत्ता र खाइपाई आएको तलवमा मासिक न्यूनतम ५ हजार तलवको थप व्यवस्था गरी विद्यालयका प्रध्यानाध्यापक प्रावि तहमा १ हजार निमावि तहमा २ हजार र मावि तहमा ३ हजार भत्ताको व्यवस्था मिलाउन पर्ने शिक्षक संगठनले माग गरेका छन् ।

 

त्यस्तै जिल्लामा रहेका समग्र दरबन्दीमा शिक्षक, विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी कम भएको र गोलञ्जोर गाँउपालिकाबाट अन्यत्र गएको पुल दरबन्दी गोलञ्जोर गाँउपालिकाले नै दरबन्दी फिर्ता ल्याउनको लागि पहल गर्नुपर्ने साथै काटिएर अन्यत्र गएको दरबन्दी गाँउपालिकामै ल्याउने व्यवस्था गरिनुपर्ने, राजनैतिक आस्थाको आधारमा शिक्षकहरु माथिको विभेदलाई अन्य गरिनुपर्ने र शिक्षकका पेशागत संघसंघठनका अध्यक्ष वा प्रतिनिधीलाई गाँउ श्क्षिा समितीमा स्थायी प्रतिनिधीको रुपमा १ ÷१ जनाको दरले व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।

 

इएन्टोका अध्यक्ष सन्तोषकुमार बोहोरा, एनएनटिएका अध्यक्ष राजनप्रसाद दाहालद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा गाँउपालिकाले गरेको निर्णय फिर्ता नभए पेशागत संस्था चरणवद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top