कलाकारलाई माग्ने बनाएका छैनौँः प्रिन्स राज

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २९ गते मंगलवार काठमाडौं

 

‘जिल्लाका प्रतिभालाई खेर जान दिन्न,
वैज्ञानिक ढंगबाट कार्यक्रम संचालन गर्छु’

 

सिन्धुली– आमा भएर बोकी हेर सन्तानका पीडाहरु….। साच्चै तारादेवीको स्वरमा गुन्जिरहने यो कालजयी गीतको भाव र मर्म जस्तै स्तव्ध अवस्थामा छ सिन्धुली आइडल सिजन २ । सिन्धुली आइडल अहिले विवादमा फसेको छ । भोटिङ राउन्ड शुरु हुनै लाग्दा कलाकारहरुलाई आयोजकले माग्ने बनाएको आरोप लागिरहेको छ । नेपाल सांस्कृतिक संघ, सिन्धुलीका सचिव नवराज श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालका अध्यक्ष दिनेश काफ्ले र जिल्ला सांस्कृतिक मञ्चका अध्यक्ष सुवास थापाले सिन्धुली आइडलले अनावश्यक रुपमा कलाकारहरुलाई भोटिङमा सामेल गराएर उनीहरुको कला मार्ने काम गरेको उल्लेखित विज्ञप्ती जिल्ला प्रमुख अधिकारी ज्ञान प्रसाद ढकाललाई आइतबार हस्तान्तरण गरेका छन् ।

 

जिल्लाको प्रतिभालाई सुवर्ण मञ्च दिएको सिन्धुली आइडल विवादमा आएसँगै आइडलका आयोजक राजले कलाकारलाई माग्ने नबनाएको सिन्धुली सौगातलाई बताए । उनले भने, ‘विगतमा पनि हामीले भोटिङ राउन्ड शुरु गरेका थियौँ । त्यतिबेला जिल्लावासीले हामीलाई धेरै साथ र सहयोग गर्नु भएको थियो । कलाकारको सम्मान गरेरै सिन्धुलीवासीले अत्याधिक भोट दिनु भएको थियो ।’ कलाकारहरुलाई जिल्लावासीले सम्मान गरेर भोट हालेको उनले बताए । उनले जिल्लामा सिन्धुली आइडल सिजन १ मा धेरै कमिकमजोरि देखिएकाले सिजन २ मा ती कमिकमजोरिलाई मध्यनजर गर्दै कार्यक्रमलाई वैज्ञानिक ढंगमा संचालन गर्ने बताए । उनले भने, ‘सिन्धुली आइडल सानो कार्यक्रम थिएन । धेरै लागतमा हामीले आइडल सम्पन्न गरेका थियौँ । मैले एक्लैले जिल्लामा ठुलो कार्यक्रम गरिरहेको थिए । कमिकमजोरि धेरै भए होलान् । आगामी दिनमा त्यस्ता गल्तिहरु दोहोरिनन् ।’

 

सिन्धुली आइडल जस्तो ठुलो मञ्च दिएको सिन्धु इभेन्ट्सले विजेताहरुलाई राष्ट्रिय स्तरका कलाकारहरुसँग गित गाएको पनि उनले बताए । उनले भने, ‘सिन्धुली आइडलकी गायन तर्फको विजेता .रुपा तामाङले प्रमोद खरेलसँग गित गाएकि छिन् ।’ ठुलो कार्यक्रम संचालन गर्न आर्थिक सहयोग चाहिएकोले भोटिङको व्यवस्था गरेको उनले बताए । सिन्धुली आइडल सिजन १ को आर्थिक हिसाबकिताब पारदर्शि नभएको कुरामा उनले भने, ‘सबै हिसाबकिताब मसँग छ । कमिकमजोरि भएका छन् । आगामी दिनमा त्यस्ता गल्ति दोहोराउने छैनौँ ।’ साथै, उनले कार्यक्रमलाई वैज्ञानिक ढंगबाट कार्यक्रम संचालन गर्न सल्लाह दिने लगायत कार्यक्रमलाई मनपराइदिने जिल्लावासीलाई धन्यवाद पनि दिएका छन् । उनले सबैको साथ र सहयोग मिले जिल्लावासीलाई अझै ठुलो मञ्च दिने बताए ।

 

सिन्धुली आइडल सिजन एकको फाइनलको बारेमा महिला नेतृ गंगा दाहालले कार्यक्रमलाई भव्य बनाउन आयोजकले थुप्रो लगानी गरेको बताइन् । उनले भनिन्, ‘सानतिनो कार्यक्रम गरेर कार्यक्रम समापन गर्छन् जस्तो लागेको थियो । जिल्लाकै लागि गौरवको विषय हो । स्टेज भव्य थियो, राष्ट्रिय स्तरका कलाकार ल्याएर स्थानिय कार्यक्रममा आयोजकले देखाएको लगाव र मिहिनेत सराहनिय छ ।’ उनले भनिन्, ‘यस्ता कार्यक्रमहरु जिल्लामा अझै हुनुपर्दछ ।’

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top