प्रचण्डका घरबेटी कारबाहीको हिट लिस्टमा

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २७ गते आइतवार काठमाडौं

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरधनी शारदा अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कारबाहीमा पर्ने भएको छ । सो कम्पनीको सूची गृहमन्त्रालयमा पुगेको छ ।

 

भक्तपुर जिल्ला प्रशासनले अधिकारीको शैलुङ कन्ट्रक्सनलाई कारवाही सिफारिस गरेको हो । भक्तपुर प्रशासनले अधिकारीसहित समयमा काम सम्पन्न नगर्ने १० आयोजनाका छ ।

 

अधिकारीको शैलुङ कन्स्ट्रक्सनले दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७१ जेठमा कमल विनायक–नगरकोट सडक निर्माणको जिम्मा लिएको थियो ।

 

ठेकेदार अधिकारीले नेकपाका दोस्रो अध्यक्ष प्रचण्डलाई ललितपुरको खुमलटारमा बस्न घर दिएका छन् । गृहमन्त्री रामबहादुर थापालाई प्रचण्डले दवाव दिएर अधिकारीलाई कारबाही नगर्न यसअघि नै दवाव दिएको समाचार दैनिक नेपालले सार्वजनिक गरिसकेको छ ।

 

चार वर्षमा ३ पटक म्याद थपे पनि ४३ प्रतिशत मात्रै काम सकिएको छ । तेस्रोपटक थपिएको म्याद पन यिहि असार मसान्तमा सकिँदै छ ।

 

गृह मन्त्रालयले समयमै विकास निर्माणका काम सम्पन्न नगर्ने कम्पनीहरूको नाम पठाउन निर्देशन दिएपछि प्रशासन कार्यालयले यो विवरण पठाएको हो ।

 

ठेकेदारले समयमा काम नसक्दा सडकमा हिलो, धुलो र खाल्डाखुल्डीका कारण विदेशी पर्यटकसहित यात्रुले कष्टपूर्ण यात्रा गर्नुपरेको छ ।

 

प्रशासनले डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भक्तपुर र चाागु नारायण नगरपालिका अन्तर्गतका आयोजनाहरू समयमै सम्पन्न हुन नसकेकोले कारवाहीको लागि गृहमा सिफारिस गरेको हो ।

 

भक्तपुर प्रशासनले निर्माण व्यवसायी दीपक राना मगरको लोहनी एण्ड ब्रदर्श(लालीगुराास निर्माण सेवा जेभीले ठेक्का लिएका तीनवटा योजना समयमा पूरा नभएको विवरण गृहलाई पठाएको छ ।

 

त्यस्तै भीमसेन भण्डारीको सुनौला खिम्ती कन्ट्रक्सनले दुईवटा योजना समयमा नसकेको पाइएको छ ।

 

विष्णु लामाको वल्र्डवाइड–विष्णु जेभी कन्स्ट्रसकन र सञ्जीव शाहको शाह इञ्जिनीयरिङ्ग कन्स्ट्रक्सनले एक–एकवटा योजना ओगटेर समयमा सम्पन्न गरेका छैनन् ।

 

श्यामकुमार श्रेष्ठसहित तीनजनाका कम्पनीले मनोहरा पुल–इन्द्रायणी सााखु सडक योजना अलपत्र पारेको प्रशासनको विवरणमा छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top