आज विद्युत सेवा अवरुद्ध हुने

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २६ गते शनिवार सिन्धुली

 

सिन्धुली जिल्लामा आजविद्युत सेवा अवरुद्ध हुने भएको छ । ढल्केबर सिन्धुली ३३ के.भि. प्रशारण लाईनको सेवा आज ७ घण्टा सेवा अवरुद्ध हुने विद्युत प्राधिकरण सिन्धुली शाखाले जनाएको छ ।

 

प्राधिकरणका अनुसार ढल्केवर सिन्धुली ३३ के.भि. प्रशारण लाईन्को भिमानदेखि सिन्धुलीसम्मको खण्डमा लाइनको दायाँ बायाँ, लाइनको मुनी र माथी लाइनमा छोइएका र छुन लागेका विभिन्न जातका रुख तथा रुखको हाँगाहरु कटानी फडानी गर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले आज सुचना जारी गर्दै जानकारी गराएको छ ।

 

 

साथै फुटेको डिस्क, पिन इन्सुलेटरहरु बदली तथा ३३ केभि डिस्कनेटिड, डि. ओ. स्वीचहरु बदली गरिने भएकाले भोली विहान ८ बजेदेखि दिउसो ३ बजेसाँ विद्युत आपुर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top