सवारी दुर्घटनामा परी ३ जना घाइते

सिन्धुली साैगात संवाददाता २०७५ जेठ ३ गते बिहीवार सिन्धुली

 

 

गोलोन्जोर गा.पा. – ५ छबिसे मोड स्थित बिपि राजमार्गमा आज बिहान सवारी दुर्घटना हुदा तिन जना घाइते भएका छन् ।

 

बिपि राजमार्गमा खुर्कोटतर्फ बाट सिन्धुली तर्फ आउदै गरेको बा.५ ख.८२२ नम्बरको टिफर र बिपरित दिशा तर्फ आउदै गरेको ज.७ प.४४ नम्बरको मोटरसाईकल ठक्कर खादा मोटरसाईकल मा तिन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली जनाएको छ ।

 

 

घाइते हुनेमा सिन्धुली गोलोन्जोर गा.पा.५ बस्ने लिला श्रेष्ठको छोरी ८ बर्ष कि भुमिका श्रेष्ठ टाउको चोटलागी चिन्ताजनक अवस्थामा धुलिखेल अस्पताल रिफर गरेको र लिला श्रेष्ठका कै छोरी बर्ष १८ कि झरना श्रेष्ठ सामान्य , मोटरसाईकल चालक कमलामाई नगरपालिका वडान.–५ बस्ने बर्ष २९ को सुमन खड्काको खुट्टा र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ ।

 

टिफर र टिफर चालक प्रहरीको नियत्रणमा रहेको र दुर्घटनाका सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top