सिन्धुलीका जनप्रतिनिधि संयम बन

सम्पादकीय २०७५ जेठ ३ गते बिहीवार सम्पादकीय

 

उद्योग वाणिज्य संघ सिन्धुलीको चुनावका लागि जनप्रतिनिधिनै मत माग्दै हिँडेपछि आगामी दिनमा संघमा राजनैतिक हस्तक्षेप हुने देखिन्छ । कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संघको चुनावमा भोट मागिरहदा सर्वसाधरणहरुले दुःख पोखेका छन् । आफूले विश्वासका साथ मत दिएर निर्वाचित गराएका जनप्रतिनिधिले नै हरेक क्षेत्रमा राजनिति भित्राउन खोज्दा सर्वसाधरणहरुले चित्त दुखाएका छन् । यहि जेठ ४ गते हुने संघको चुनाव नजिकिएसँगै केहि जनप्रतिनिधिहरु खुलेआम मत मागिरहेका छन् । अस्वस्थ प्रतिस्पर्धाले आगामी नेतृत्व कस्तो आउने हो भन्नेमा व्यवसायीहरु दुखि भएका छन् । जनप्रतिनिधिले कुनै एक समूहलाई खुलेआम भोट माग्दै हिँड्न कुनै नैतिकताले दिदैँन । तर, सिन्धुलीको सन्दर्भमा हेर्ने हो भने हरेक क्षेत्रको चुनावमा राजनैतिक दल लगायत जनप्रतिनिधिहरुले आफ्नो प्रभाव देखाउन छोडेका छैनन् ।

 

जनताकालागि निर्वाचित भएका जनप्रतिनिधिले खुलेआम उद्योग वाणिज्य संघको चुनावमा भोट माग्दै हिँड्नु अस्वभाविक हो । त्यसैले पनि राजनैतिक दल एवं जनप्रतिनिधिहरुले आफ्नो दलमा आबद्ध रहेको प्यानललाई सहयोग गर्नु भनेको संघमा राजनैतिक हालिमुहालि बढाउनु हो । तसर्थ, जनप्रतिनिधिहरुले हरेक निर्वाचनमा आफ्नो घिनलाग्दो सहभागिता देखाएर आफैँलाई लज्जित बनाउने काम गर्नु हुदैँन । अतःसंघको चुनावका उम्मद्वारहरुकालािग जनप्रतिनिधिले खुलेआम व्यवसायीहरुसँग भोट मागेर आफ्नो इज्जत गुमाउनु हुदैँन ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top