जनप्रतिनिधि र स्थानिय पार्टीको प्रशिक्षण

सिन्धुली साैगात संवाददाता २०७५ जेठ ३ गते बिहीवार सिन्धुली

 

स्थानिय तहका जनप्रतिनिधि र स्थानिय पार्टी कमिटिविचको प्रशिक्षण कक्षा बुधवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रिय स्कुल विभागको आयोजना तथा नेकपा एमाले जिल्ला कमिटि सिन्धुलीको व्यवस्थापनमा प्रशिक्षण कक्षा सम्पन्न भएको हो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा एमाले स्कुल विभाग सचिव इश्वरी रिजालले जनप्रतिनिधि र पार्टीवीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिदै नत्र प्लेन उडाउने जनप्रतिनिधिले भुइमा रहेको टावरसंग नियमित सम्पर्क नगर्दा हुने दुर्घटनना जस्तै हुने बताए ।

 

नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष प्रदिप कट्वालको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य तथा एमाले स्कुल विभाग सचिव इश्वरी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्व राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर सुनिता अमात्य, पिएलएएका महासचिव इश्वरी भट्टाईले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कक्षामा १५० जना पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top